बिसुका लागी घर फर्किने नेपालीहरुको घुइँचो

  •     बिसुका लागी घर फर्किने नेपालीहरुको  घुइँचो

 

बिमल जैरु, १ बैशाख डडेल्धुरा । नया बर्ष को आगमन सगै सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा बिसु्् बिसपती को चहल पहल बडि रहेको छ । बिसु्् मनाउनका लागी कपडा, पुजाआजाका लगाएत अन्ये सामान किन्न ग्रामीण भ्येकबाट डडेल्धुरा सदरमुकाममा सामान किन्नहरु भिड लागी रहेका । सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका विभिन्न चाडपर्वहरु मध्येको एक महत्वपूर्ण चाड ‘बिसु’ विसपती डडेल्धुरा जिल्लामा पनि धुम धामका साथ मनाईन्छ ।

 

विसु मनाउन भारतका विभिन्न ठाउँमा कामका लागी गएका नेपालीहरु विसु मनाउन घर फर्कन थालेका । हरेक वर्ष नयाँ वर्षको अवसरमा वैशाख १ गतेको दिनलाई तथा सुदूरपश्चिमबासीले विसु विसपती का रुपमा मनाउँदै आएका छन् । विसु विसपती पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र देवि देवता हरुको पुजा गर्न देश विदेशमा कामका लागि गएका सुदुरपश्चिका युवा हरु पनि विसु विसपती मनाउन घर फर्कने बताउछन । बिसु विसपतीका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिएको छ । विशेष देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्ने बताउछन ।

 

महाकाली साहित्ये संगमका अध्यक्ष कर्ण बहादुर चन्द । यस पर्वमा चेलिबेटिहरु माईती घर जाने प्रचलन पनि रहि आएको छ । यस्तै माईती घर आउन नपाएकी चेलिबेटिहरु लाई दाजु भाई हरुले चेलिबेटिहरुको घर घर गई कोसेली सोरुप सेलरोटि, माणा लगाएतका मिठा,मिठा खानेकुरा पुराउने गर्द छन । विसु सुदुरपश्चिमका पाहाडि जिल्ला बैतडि, दार्चुला, बझाङ, डोटि जिल्लाहरुमा धुम धामका साथ मनाईन्छ ।

By: शशी शेखर घिमिरे

1 month ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News