आषाढ़-१५-२०७४

आगामी बजेट निजी क्षेत्र मैत्री हुने प्रधानमन्त्री दाहालको आश्वासान

  • आगामी बजेट निजी क्षेत्र मैत्री हुने प्रधानमन्त्री दाहालको आश्वासान

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउनु भएकोछ ।

नेपाल उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारीसँगको भेटको क्रममा पुराना ऐन कानूनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिनुभयो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गर्नु भएको हो ।

प्रधानमन्त्रीले महासंघमा केही गरौ भन्ने भावनाद्वारा प्रेरित नमूनायोग्य टिम नेतृत्वमा आएकोमा खुशी व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र सम्वृद्धिमा जान सकिने बताउँदै देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुने विश्वास व्यक्त गर्नु भयो ।

By: दिवाकर त्रिपाठी

2 months ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News