बैसाख-१६-२०७४

राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी

  • राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी

 

 

शिखा श्रेष्ठ, ३१ चैत्र धादिङ । धादिङ जिल्लाको राजमार्ग छेउछाउमा पौष्टिक आहारको लागि गेडागुडीको व्यापार बढेको छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी पर्न थालेपछि राजमार्ग छेउछाउमा यसको व्यापार बढेको हो । राजमार्ग छेउछाउमा अधिकांश मानिसहरु मानव शरीरलाई आवश्यक पर्ने विभिन्न किसिमका गेडागुडीहरुको व्यापार व्यवसाय गर्दै अएका छन् । विशेष गरी धादिङ जिल्लाको मलेखुमा यस्ता व्यापार गर्ने व्यक्तिहरुको दिन प्रतिदिन संख्या वढ्दो छ ।

 

राजमार्ग आसपासका खेतीयोग्य जमिनहरुमा उत्पादन हुने दाल चना केराउ, मास, भटमास जस्ता विभिन्न किसीमका गेडागुडीहरु व्यापार गर्ने गर्दछन् । विशेष गरी अहिलेको समयमा यस क्षेत्रका मानिसहरु धेरै जसो यहि व्यवसाय गरी परीवारमा जिवीकोपार्जन गरीरहेको छन् । वर्षभरी लगाएर उत्पादन गरेको गरेकोे परिश्रमको राम्रो भण्डारण र उचित व्यवस्था गर्ने ठाउको अभाव हुदा आफैले सडक छेउमा ठेलामा व्यापार गर्न वाध्य भएको उनिहरु वताउछन् ।

 

२०७२ सालको विनाशकारी भुकम्प पश्चात मानिसहरु सक्रिय रुपमा यस्ता व्यापार गर्दै आएका छन् । अन्य क्षेत्रमा व्यापार गर्नुभन्दा पनि राजमार्ग क्षेत्रमा व्यपा। गर्दा विभिन्न जिल्लावाट मानिसहरु आवतजावत गर्दा वढि व्यापार व्यवसाय हुने भएकोले यस क्षेत्रमा वढि क्रियाशिल भएको उनिहरु वताउछन् ।

By: शशी शेखर घिमिरे

2 weeks ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News