आषाढ़-१५-२०७४

दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

  • दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

राकेश यादव ३१ चैत रौतहट । रौतहटका गोनाहीदेवाही गाउँपालिका ४ कर्कच करमहीया टोलमा बुधबार राति भएका दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झाडप भएको थियो ।

 

त्यसक्रममा ब्रह्मदेवको लाठी प्रहारबाट लक्ष्मणको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित हेल्थ ल्यान्ड अस्पलालमा उपचारको क्रममा लक्ष्मणको मृत्यु भएको हो । माझीका शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । प्रहरीले घटनामा संलग्न ब्रह्मदेव, शम्भु माझी र बिक्रम माझीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

By: शशी शेखर घिमिरे

2 months ago | अपराध

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!