बैसाख-१६-२०७४

प्रमथ टोखा साम्बो सम्पन्न, अब नेपालमा साम्बो सफल भयोः महासचिव श्रेष्ठ

  • प्रमथ टोखा साम्बो सम्पन्न, अब नेपालमा साम्बो सफल भयोः महासचिव श्रेष्ठ

काठमाडौं । प्रमथ टोखा साम्बो च्याम्पियनसिप सम्पन्न भएको छ ।

नेपालमा नौलो खेलका रुपमा रहे पनि साम्बो विस्तारै लोकप्रिय बन्दै जान थालेको छ ।

च्याम्पियनसिपमा निशान लिम्बु र सब्बारानी महर्जनले उत्कृष्ट खेलाडीको पदक पाएका छन् । सब्बारानी ५० केजी तौल तर्फ रजत पनि जितिन् । यस्तै निशानले ५० केजी समुहमै स्वर्ण जितेका थिए ।

महिला ५० केजीमा धनदेवी रोकायाले स्वर्ण जितिन् । महिला ४५ केजीमा रोजिना श्रेष्ठले स्वर्ण जित्दा महिला ३० केजीमा कुशुम बालिकाले स्वर्ण जितिन् ।

यस्तै पुरुष २५ केजीमा प्रमोद श्रेष्ठ, ६२ केजी तौल समुहमा दिनेश महर्जन, ६० केजीमा गोविन्द विष्टले स्वर्ण हात पारे ।

यस्तै ५० केजी तौल समुहमा निशान लिम्बु, ४५ केजी तौल समुहमा पदम दमाइले स्वर्ण जिते । अनशासित खेलाडीका रुपमा सन्तोष श्रेष्ठले पुरस्कार पाए ।

खेलको युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपालीले उद्घाटन गरेका थिए ।

प्रतियोगिताले नेपालमा साम्बो खेलको सम्भावना उच्च रहेको प्रमाणित गरेको नेपाल साम्बो फेडरेशनका महासचिव उत्तम श्रेष्ठले बताए ।

By: रामचन्द्र अर्याल

2 weeks ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News