बैसाख-१६-२०७४

लुम्बिनी अञ्चल अस्पतालमा मानसिक रोगसम्बन्धी सेवा सुरु

२५ चैत, रुपन्देही । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मानसिक रोगसम्बन्धी सेवा र पव्लिक हेल्प डेस्क सुरु भएको छ । उक्त सेवाको अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनाल र मेसु डा. राजेन्द्र संजेल क्षेत्रिले उद्घाटन गरेका हुन ।

अस्पतालमा केहि महिना अघिबाट सेवा दिएपनि ६९औ स्वास्थ्य सेवा दिबसको अबसर पारेर यो उद्घाटन गरिएको हो । लुम्बिनी अञ्चल अस्पतालमा १५ विभाग भएपनि अहिले १० बटा बिभागबाट सेवा दिइदै आएको छ । अन्य सेवा पनि थप गर्दै जाने लुम्बिनी अञ्चल अस्पतालमा नभएका सेवा बिस्तारै थपगर्दै जाने अस्पतालका प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट डा.राजेन्द्र सञ्जेल क्षेत्री वताए ।

उनले यस क्षेत्रमा नै नभएको मानसिक रोग सेवालाई यसअस्पतालबाट सुरु गरेपनि यसक्षेत्रका बिरामीहरुलाई राहत पुग्ने बताएका छन । अहिले ओपीडि सेवामात्र दिएको भएपनि नया भब नबनेपछि भर्ना गरेर उपचार सुरु गर्ने उनले बताए । उनले हेल्प डेक्सबाट पनि अस्पतालमा आउने बिरामीहरुलाई सहज बनाउनको लागी यो सेवा सुरु गरेको बताए ।

By: निरज खतिवडा

3 weeks ago | स्वास्थ्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News