म्यानयु रोकियो बराबरीमा, शीर्ष चारमा पर्न संघर्ष गर्नुपर्ने

  • म्यानयु रोकियो बराबरीमा, शीर्ष चारमा पर्न संघर्ष गर्नुपर्ने

काठमाडौं । इंग्लिस प्रिमियर लिगका शीर्ष चार भित्र पर्ने होडमा रहेको म्यानचेस्टर युनाइटेडलाई वेष्ट ब्रुमले गोलरहित बराबरीमा रोकेको छ ।

बराबरीमा रोकिएसँगै म्यानयुको शीर्ष चारमा पर्ने यात्रामा धक्का लागेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा वेष्ट ब्रोमसँग गोलरहति बराबरीमा रोकियो ।

यो सिजन युनाइटेड मुख्य प्रतिस्पर्धामा अहिलेसम्म ११ खेलमा बराबरीमा रोकिएको छ । मार्कस राफोर्डले गरेका दुई सुन्दर प्रहार वेष्ट ब्रोमका गोलरक्षक बेन फोस्टरले वचाउ गरे ।

पहिलो हाफमा एन्थोनी मार्शलले प्रहार गरेको बल पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभर धेरै समय बलमा नियन्त्रण युनाइेडको भए पनि नतिजा आफ्नो पक्षमा पार्न असफल भयो ।

युनाइटेडले आफ्नो अपराजित यात्रा भने १९ खेलमा पु¥याएको छ । पाँचौं स्थानको युनाइटेडको २८ खेलबाट ५३ अंक भएको छ । चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा उ चार अंकले अघि छ ।

 

By: रामचन्द्र अर्याल

1 month ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News