उद्योगपतिहरुलाई कमिसनमा पारेर विजुलीको कालोबजारी

  • उद्योगपतिहरुलाई कमिसनमा पारेर विजुलीको कालोबजारी


१८ चैत्र काठमाण्डौं ।
सर्वसाधारण उपभोक्तालाई मारमा पारेर विद्युत प्राधिकरणका हाकिमले कसरी उद्योगपतिहरुलाई कमिसनका आधारमा विजुलीको कालोबजारी गर्दै आएका थिए भन्ने कुराको प्रमाण विद्युत प्राधिकरणकै एक अनुसन्धानले देखाएको छ । बिराटनगर लगायत देशभरका विभिन्न १५ वटा उद्योगहरुमा प्राधिकरणका कर्मचारीले गैरकानूनी ढंगबाट कमिसन खाएर विजुली दिएको उजुरी परेपछि सचिव स्तरको निर्णयबाट सरकारले एक छानविन समिति बनाएको थियो ।विद्युत विकास विभागका सुन्दर श्याम श्रेष्ठ संयोजक रहेको समितिले १४ वटा उद्योगहरुमा यस्तो तथ्य फेला पारेको छ(

बाबा जुट मिल्स
बिराटनगर वितरण केन्द्रअन्तर्गतको ग्राहक संख्या ०१०(१२(५०१ श्री बाबा जुट मिल्सले ४८० के. भि. ए. लोड स्वीकृति गराई ३३र११ के. भि. टंकी सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग संचालन शुरु गरेको देखिन्छ ।उक्त उद्योगको लोड ५२० के. भि. ए. थप गरी १००० के. भि. ए. गर्न नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, विराटनगरका क्षेत्रीय निर्देशक सुधिरप्रसाद सिंहले २०६९।५।१० मा स्वीकृत दिएको देखिन्छ । यस क्रममा उक्त उद्योगलाई रानी – रंगेली ३३ के. भि. फिडरबाट टेपिङ गरी रानी सवस्टेशनबाट विद्युत वितरण गर्ने गरिएको छ । बिराटनगर वितरण केन्द्रबाट बाबा जुट मिल्स उद्योगलाई त्बउउष्लन एयष्लत मा स्वीचिङ्ग स्टेशन राख्न लगाई लोडसेडिङ समयमा उद्योग नचलाउने शर्तनामा पनि गराएको देखिन्छ ।


रघुपति जुट मिल्स
बिराटनगर वितरण केन्द्रअन्तर्गतको ग्राहक संख्या ०९र२४र५५३ रघुपति जुट मिल्सले २००० के. भि. ए. लोड स्वीकृति गराई ३३र११ के. भि. रानी सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग सञ्चालन शुरु गरेको देखिन्छ । यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी ! ११ के. भि. को फिडरमा भोल्टेजको स्तर कम हुने र ठूला क्षमताको उद्योग सञ्चालनमा कठिनाइ हुने कारणले उद्योगीको मागवमोजिम उक्त उद्योगलाई रानी स्वेस्टेशनको डि.पि.एच. ३३ के. भि.फिडरमा सार्न नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक, दीपककुमार उपाध्यायले २०६६।५।१० मा स्वीकृत दिएको देखिन्छ । ततपश्चात रघुपति जुट मिल्सले रानी स्वेस्टेशनको ३३ के. भि. डि.पि.एच. फिडरबाट विद्युत सप्लाई पाइरहेको देखिन्छ ।


कमला रोलिङ मिल्स
बिराटनगर वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०१२(२३(५३६  कमला रोलिङ्ग मिल्सले १५०० के. भि. ए. लोड स्वीकृति गराई ३३ र ११ के. भि. रानी सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग संचालन शुरु गरेको देखिन्छ । उक्त उद्योगको लोड १५०० के. भि. ए. थप गरी ३००० के. भि. ए. गर्न नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक श्री रामेश्वर यादवले २०६७र११र२६ मा स्वीकृत दिएको देखिन्छ । ततपश्चात उक्त उद्योगलाई १३२ र ३३ र ११ के. भि. दुहवी सवस्टेशनको ३३ के. भि. डेडिकेटेड फिडरबाट विद्युत वितरण गर्ने गरिएको छ ।


शिवम् प्लाष्टिक इण्डष्ट्रीज
बिराटनगर वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०१२(२२(५९९ शिवम् प्लाष्टिक इण्डष्ट्रीजले १८०० के. भि. ए. लोड स्वीकृति गराई ३३र११ के. भि. रानी सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग संचालन शुरु गरेको देखिन्छ ।उक्त उद्योगलाई १३२ र ३३ र ११ के. भि. दुहवी सवस्टेशनको ३३ के. भि. डेडिकेटेड फिडरबाट विद्युत वितरण गर्ने व्यवस्थाको लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक रामेश्वर यादवले २०६७र११र२६ मा स्वीकृत दिएको देखिन्छ । तत्पश्चात उक्त उद्योगलाई १३२ र ३३ र ११ के. भि. दुहवी सवस्टेशनको ३३ के. भि. डेडिकेटेड फिडरबाट विद्युत वितरण गर्ने गरिएको छ ।


हुलास वायर इण्डष्ट्रीज
बिराटनगर वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०१२(२२(५२१ हुलास वायर इण्डष्ट्रीजले ३९९० के. भि. ए. लोड स्वीकृति गराई ३३ र ११ के. भि. दुहवी सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग सञ्चालन शुरु गरेको देखिन्छ ।उक्त उद्योगको लोड थप भई ७००० के. भि. ए. कायम गर्न नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक यगुल किशोर शाहले २०६६र९र१ मा स्वीकृत दिएको देखिन्छ । ततपश्चात उक्त उद्योगलाई १३२ र ३३ र ११ के. भि. दुहवी सब स्टेशनको ३३ के. भि. डेडिकेटेड फिडरबाट विद्युत वितरण गर्ने गरिएको छ ।

 


रिलायन्स स्पीनिङ मिल्स यूनिट बी (धनलक्ष्मी सिनथेटिक्स)
दुहवी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०१(२३(५०९ श्री धनलक्ष्मी सिनथेटिक्सले विगतमा ४००० के. भि. ए. लोड स्वीकृति गराई ३३ र ११ के. भि. खनार सबस्टेशनको ३३ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग सञ्चालन हुँदै आएको देखिन्छ ।उक्त उद्योगको लोड २००० के. भि. ए. कायम गर्नुको साथै दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट टेपिङ्ग गरिएको ३३ के. भि. फिडरबाट विद्युत वितरणको लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठले २०६९।९।२५ मा स्वीकृत दिएको देखिन्छ । उक्त उद्योगमा लोडसेडिङ्गको समयमा विद्युत कटौती गर्न दुहवी धरान ३३ के. भि. प्रसारण लाइनको त्बउउष्लन एयष्लत एस. टी. फ्याव्रिक उद्योग पर्खाल बाहिर क्ष्कयबितयच क्धष्तअज राखिएको छ ।


पशुपति सिमप्याक
दुहवी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०२(१५(५१० पशुपति सिमप्याकले विगतमा ५०० के. भि. ए. लोड स्वीकृति गराई दुहवी सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग संचालन शुरु गरेको देखिन्छ । उक्त उद्योगको लोड मिति २०६२।७।१३ र २०६४।९।६ मा ५००र५०० के.भि.ए. लोड थप भई क्षमता १५०० के. भि. ए. पुगेको देखिन्छ । उक्त उद्योगलाई ११ के. भि. फिडरबाट ३३ के. भि. फिडरमा परिवर्तन गरी दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट विद्युत वितरणका लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक श्री युगल किशोर शाहले २०६७।२।७ मा स्वीकृत दिएको देखिन्छ ।त्यस्तै उक्त उद्योगको लोड २७०० के. भि. ए. कायम गर्नुको साथै दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट टेपिङ गरिएको ३३ के. भि. फिडरबाट विद्युत वितरणको लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक श्री रामेश्वर यादव ले २०६७र११र६ मा स्वीकृत दिएको देखिन्छ । उक्त उद्योगमा लोडसेडिङ्गको समयमा विद्युत कटौती गर्न दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनको त्बउउष्लन एयष्लत एस. टी. फ्याव्रिक उद्योग पर्खाल बाहिर क्ष्कयबितयच क्धष्तअज राखिएको छ ।


एशियन थाई फुड्स
दुहवी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०२(१५(५०८ एशियन थाई फुड्सले दुहवी सवस्टेशनको ११ के. भि. फिडरबाट १०० के.भि.ए. लोड मिति २०५६र११र२७ मा स्वीकृति गराई उद्योग संचालन शुरु गरेको देखिन्छ भने २०६२र५र७ र २०६६र४र४ मा २५०र२५० के.भि.ए. लोड थप भई उक्त उद्योगको लोड क्षमता ६०० के. भि. ए. पुगेको देखिन्छ । उक्त उद्योगको लोड ३५० के. भि. ए. थप गरी ९५० के. भि. ए. कायम गर्नुको साथै दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट टेपिङ्ग गरिएको ३३ के. भि. फिडरबाट विद्युत वितरणको लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक सुधिरप्रसाद सिंहले २०६७र१२र२७ मा स्वीकृत दिएको देखिन्छ । उक्त उद्योगमा लोडसेडिङ्गको समयमा विद्युत कटौती गर्न दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनको त्बउउष्लन एयष्लत एस. टी. फ्याव्रिक उद्योग पर्खाल बाहिर क्ष्कयबितयच क्धष्तअज राखिएको छ ।



मैनावती स्टील इण्डष्ट्रीज
दुहवी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०१(२२(५११ मैनावती स्टील इण्डष्ट्रीजले दुहवी सवस्टेशनको ११ के. भि. फिडरबाट ९०० के.भि.ए. लोड मिति २०५३र०९र२४ मा स्वीकृति गराई उद्योग संचालन शुरु गरेको देखिन्छ । उक्त उद्योगको लोड ७० के. भि. ए. थप तथा ११ के. भि. बाट ३३ के. भि. फिडरमा परिवर्तन गर्न नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक सुधिर प्रसाद सिंहबाट २०६७र१२र२७ मा स्वीकृति दिएको देखिन्छ । तत्पश्चात दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट टेपिङ्ग गरिएको ३३ के. भि. फिडरबाट विद्युत लाइन लिई उक्त उद्योग संचालन भइरहेको देखिन्छ । उक्त उद्योगमा लोडसेडिङ्गको समयमा विद्युत कटौती गर्न दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनको त्बउउष्लन एयष्लत एस. टी. फ्याव्रिक उद्योग पर्खाल बाहिर क्ष्कयबितयच क्धष्तअज राखिएको छ ।


अरिहन्त मल्टिफाईबर्स
दुहवी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०२र१६र५१४ श्री अरिहन्त मल्टिफाईबर्सले २०५४र११र२४ मा १५०० के. भि. ए. लोड स्वीकृति गराई दुहवी सवस्टेशनको ११ के. भि. फिडरबाट उद्योग सञ्चालन हुँदै आएको देखिन्छ । उक्त उद्योगको लोड २०६२र२र२४ मा ७०० के. भि. ए. थप भई २२०० के. भि. ए. कायम भएको देखिन्छ । उक्त उद्योगलाई दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट सिधै टेपिङ्ग गरी ३३ के. भि. विद्युत लाइन दिनको लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक दीपक उपाध्यायले २०६४र१२र६ मा स्वीकृत दिएको देखिन्छ । उक्त उद्योगमा लोडसेडिङको समयमा विद्युत कटौती गर्न दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनलाई नै काट्नुपर्ने हुन्छ, जुन प्राविधिक र व्यावहारिक हिसावले सम्भव छैन ।


अरिहन्त पोलीप्याक
दुहवी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०२(१६(५३६ अरिहन्त पोलीप्याकले २०६५ साल असोजमा १३२र३३र११ के. भि. दुहवी सवस्टेशनको ११ के. भि. फिडरमा ५०० के. भि. ए. लोड स्वीकृति गराई उद्योग संचालन गरेको देखिन्छ । क्षेत्रीय निर्देशक श्री गणेश प्रसाद राजको मिति २०६६ बैशाख २९ को स्वीकृतिबाट उक्त उद्योगलाई दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनबाट सिधै टेपिङ्ग गरीे विद्युत लाइन दिएको देखिन्छ । उक्त उद्योगको लोड १०० के. भि. ए. थप गरी ६०० के. भि. ए. कायम गर्नको लागि नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक सुधिर प्रसाद सिंहले २०६८र६र३० मा स्वीकृत दिएको देखिन्छ । उक्त उद्योगमा पनि लोडसेडिङ्गको समयमा विद्युत कटौती गर्न दुहवी(धरान ३३ के. भि. प्रसारण लाइनलाई नै काट्नु पर्ने हुन्छ जुन प्राविधिक र व्यावहारिक हिसावले असम्भव छ ।


रिलायन्स स्पीनिङ्ग मिल्स
ईटहरी वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०३(२४(५५७ रिलायन्स स्पीनिङ्ग मिल्सले विगतमा ४००० के. भि. ए. लोड स्वीकृति गराई ३३ र ११ के. भि. खनार सवस्टेशनको ११ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग सञ्चालन शुरु गरेको देखिन्छ । ११ के. भि. को फिडरमा भोल्टेजको स्तर कम हुने र ठूला क्षमताको उद्योग सञ्चालनमा कठिनाई हुने कारणले उद्योगीको मागबमोजिम उक्त उद्योगलाई खनार सब स्टेशनबाट ३३ के. भी. डेडिकेटेड फिडर बनाई ०६०र५र२९ बाट विद्युत वितरण हुँदै आएको देखिन्छ । यसै क्रममा नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका तत्कालीन महाप्रबन्धकको २०६०र५र२९ को स्वीकृतिवमोजिम उक्त उद्योगको लोड ६५०० के. भि. ए. कायम भएको देखिन्छ ।ततपश्चात नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक दीपक उपाध्यायबाट २०६३ भदौमा पुनः ८५०० के. भि. ए. लोड स्वीकृत भएको देखिन्छ ।


निगाले सिमेन्ट उद्योग
धनकुटा वितरण केन्द्रअन्तर्गतको ग्राहक संख्या ०४र२९र५५४ निगाले सिमेन्ट उद्योगले विगतमा १०० के. भि. ए. लोड स्वीकृति गराई ३३ र ११ के. भि. धनकुटा सबस्टेशनको ११ के. भि. हिले फिडरबाट विद्युत लाइन लिई उद्योग निर्माण कार्य शुरु गरेको देखिन्छ । ततपश्चात नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा, पूर्वका महाप्रबन्धक दीपक उपाध्यायबाट २०६६र५र२८ मा २००० के. भि. ए. लोड स्वीकृत भएको देखिन्छ । धनकुटा(तिरतिरे (संखुवासभा) ३३ के. भि. प्रसारण लाइनबाट धनकुटाको परेवादिन गा.वि.स.(७ सिदुवामा सिधै त्बउउष्लनगरी निगाले सिमेन्ट उद्योगमा विद्युत वितरण भइरहेको देखिन्छ । संखुवासभा जिल्ला स्थित ३ मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजनालगायत अन्य जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत समेत धनकुटा(तिरतिरे (संखुवासभा) ३३ के. भि. प्रसारण लाइनबाट धनकुटा भई धरानसम्म प्रवाह हुने भएकोले निगाले सिमेन्ट उद्योगको लागि टेपिङ्ग गरिएको ठाउँमा स्वीचिङ्ग स्टेशन राखी सुरक्षाको व्यवस्था गरिनु पर्नेमा त्यस्तो गरिएको देखिएन ।


मारुती सिमेन्ट उद्योग
लाहान वितरण केन्द्र अन्तर्गतको ग्राहक संख्या ०१(२३(५०७ मारुती सिमेन्ट उद्योगले शुरुमा ५०० के. भि. ए. लोड स्वीकृति गराई १३२ र ३३ र ११ के. भि. लाहान सवस्टेशनको ३३ के. भि. फिडरबाट विद्युत लाइन लिई उद्योग निर्माण कार्य शुरु गरेको देखिन्छ । ततपश्चात मिति २०६३र९र९ मा ३००० कि. वा., २०६६र९र९ मा १००० कि. वा., २०६७र११र३० मा १००० कि. वा., २०६८र६र५ मा १००० कि. वा. र पछिल्लो पटक २०६९र९र२५ मा १००० कि. वा. लोड थप स्वीकृत भई उक्त उद्योगको लोड ७५०० के. भि. ए. र्पुयाएको देखिन्छ । लाहान स्थित १३२ र ३३ र ११ के. भि. सवस्टेशनको लाहान(विष्णुपुर ३३ के. भि. फिडरबाट त्बउउष्लन गरी कटारी लगिएको ३३ के. भि. लाइनबाट त्बउउष्लन गरी मारुती सिमेन्ट उद्योगको लागि पनि विद्युत लाइन दिएको देखिन्छ । उक्त उद्योगमा लोडसेडिङ्गको समयमा विद्युत कटौती गर्न उद्योग परिसर बाहिर साधारण लोडब्रेक स्वीच मात्र राखिएको र उक्त स्वीचबाट विद्युत कटौती गर्न लाहान सवस्टेशनबाट लाहान(विष्णुपुर ३३ के. भि. प्रसारण लाइनको सट डाउन लिनुपर्ने हुन्छ, जुन प्राविधिक र व्यवहारिक हिसावले सजिलो छैन ।

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!