भृकुटी मण्डपमा पुष्पमेला सुरु

  • भृकुटी मण्डपमा पुष्पमेला सुरु

१७ चैत्र, काठमाडौं । पुष्प व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यकासाथ विहिबारबाट काठमाडांैको भृकुटी मण्डपमा पुष्पमेला सुरु भएको छ ।

बिहिबार फ्लोरीकल्चर एशोसिएसन नेपालद्वरा राजधानीको भृकुटीमण्डपमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले यस्ता कार्यकक्रमले व्यवसायीको हौसला बढ्ने बताउनुभयो । उहाँले गाउँ–गाउँसम्म पुष्पव्यसायलाई विस्तार गर्न सके स्वरोजगारी सिर्जना गर्न सकिने धारणा राख्नुभयो । पुष्प मेला आगामी चैत २० गतेसम्म सञ्चालन हुनेछ । मेलामा ९९ सय वटा स्टल राखिएको छ ।

जसमध्ये २८ वटा अन्तर्राष्ट्रिय स्टल रहेको छ । मेलामा मौसमि फुल आलंकारीक बोटविरुवा, कट फ्लावर, सुनाखरी लगातयका फुलहरुका साथै कम्पोष्ट मल, फुलको गानो, विउविजन, ग्रिनहाउस, कृषि औजार लगायतका सामाग्रीहरु राखिएको छ । मेला अवधिभर करिब ६५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । 

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News