लागूऔषध गाँजा सहित पक्राउ


मकवानपुर,माघ ३ ।
काठमाडौँबाट भारततर्फ जाँदै गरेको एचआर ६३ सि ८०७३ नम्वरको भारतीय ग्याँस बुलेटका चालक २९ बर्षीय राजेश प्रसाद कुश्वाहा र ५५ बर्षीय रामु सहनीलाई प्रहरीले लागूऔषध गाँजा १ सय २०के.जी. र नगद १ लाख सहित पक्राउ गरेको छ ।


हेटौडा उपमहानगरपालिका–१७ रातमाटे चेकपोष्टमा सोमबार प्रहरीले उक्त ग्याँस बुलेटलाई चेकजाँच गर्दा क्याविनमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजा र नगद बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By: शशी शेखर घिमिरे

4 months ago | अपराध

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!