आषाढ़-१५-२०७४

ट्रम्पलाई लाग्यो झड्का, आफ्नै सांसदले समर्थन नदिएपछि निराश

  • ट्रम्पलाई लाग्यो झड्का, आफ्नै सांसदले समर्थन नदिएपछि निराश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिनुभएको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने समर्थन जुटाउन नसकेपछि मतदानमा नलगि राष्ट्रपति ट्रम्पले फिर्ता गर्नुभएको हो ।

विधेयक पारित हुन चाहिने न्युनतम सिनेटरको समर्थन जुटाउन नसकेपछि विधेयक फिर्ता लिने विषयमा आफू र राष्ट्रपति ट्रम्पबिच सहमति भएको अमेरिकी सिनेटका सभामुख पउल रायनले बताउनुभयो ।

रिपब्लिकन सिनेटरले नै पर्याप्त समर्थन नगरेका कारण राष्ट्रपति ट्रम्पले विधेयक फिर्ता लिनु परेको हो । यो ट्रम्पलाई सत्ता सम्हालेदेखि लागेको सबै भन्दा ठूलो झड्का हो ।

यसअघि यात्रा प्रतिबन्ध सम्बन्धी पहिलो कार्यकारी आदेश अदालतले कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प समस्यामा पर्नुभएको थियो । त्यसपछि ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी आदेशमा पनि अदालत विपक्षमा उभिएको छ ।

स्वास्थ्य सम्बन्धी विधेयक अमेरिकन हेल्थ केयर एक्टको विपक्षमा २८ देखि ३५ रिपब्लिकन सिनेटर नै रहेको उल्लेख छ ।

राष्ट्रपति ट्रम्प विधेयक फिर्ता भएपछि निराश हुनुभएको छ । हाउस र सिटने दुवैमा रिपब्लिकनको बहुमत हुँदा पनि ट्रम्पको विधेयक पारित हुन नसेको हो । यसले उहाँलाई थप समस्या भएको छ ।

नयाँ विधेयकले स्वास्थ्य सेवामा दिइँदै आएको सुविधा ठूलोमा मात्रामा कटौती गरिएकाले रिपब्लिकन पनि विपक्षमा उभिएका हुन् । डेमोक्रेटिक पार्टीका नेता नेन्सी पेलोसीले भने यो अमेरिकाका लागि जित भएको प्रतिक्रिया दिनुभएको छ ।

By: रामचन्द्र अर्याल

3 months ago | अन्तराष्ट्रिय

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News