बैसाख-१६-२०७४

गाई काटेर खाईदिएको झोकमा मान्छेकै हत्या


मेगराज खड्का रुकुम १०, चैत ।
गाई काटेर खाईदिएको झोकमा रुकुमका एक ब्यक्तिको हत्या गरिएको छ । आफ्नो गाई काटेर खाईदिएको निहुँमा पुथा उत्तरगंगा गाउँपालिका १३ रुकुम (साविकको कोल गाविस ७ ) का गोरे बिकलाई सोहि गाउँका बिरेन्द्र तुलाचनले कुटपिट गरि हत्या गरेका हुन । विकलाई हत्या गरी खाल्डोमा पुरेको भन्ने प्राप्त सुचनाको आधारमा आबश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय रुकुम बाट प्र.ना.नि.सुरेन्द्र बहादुर स्वांर सहितको प्रहरी टोली घटनास्थलमा गई अनुसन्धान गरेको थियो ।


जसमा फागुन १८ गते बिरेन्द्र तुलाचनको गाई जंगलमा चर्न गएको अबस्थामा घरमा फर्कि नआए पश्चात बिरेन्द्र तुलाचन, धर्मराज तुलाचन र सुनिल बुढाले गाई खोज्दै जाने क्रममा गोरे विकले सो गाईलाई आफ्नो घरमा ल्याई काटी रगत पकाईरहेको अबस्थामा फेला पारेपछि बिकलाई स्थानिय बिरेन्द्र तुलाचन, धर्मराज तुलाचन, कर्मजित विक र नर बहादुर विक समेतले कुटपिट गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।


जिल्ला प्रहरी कार्यालय रुकुमका प्रबत्ता थमन रजाँलीका अनुसार उल्लेखित ब्यक्तिहरुलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा बुधबार रुकुम जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको छ ।

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!