श्रावण-७-२०७४

अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपवारे अनुसन्धान हुँदै

  • अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपवारे अनुसन्धान हुँदै

अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीले गएको वर्ष नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसले गरेको दखल बारेमा एफबिआईले अनुसन्धान गरिहेको पुष्टि गर्नुभएको छ ।
कांग्रेसले अमेरिकी गुप्तचर निकायले गरिरहेको अुनसन्धानका सम्बन्धमा गरेको सुनुवाईको क्रममा एफबिआई निर्देशक कोमीले राष्ट्रपति चुनावमा रुसी प्रभावका सम्बन्धमा एफबिआईले अनुसन्धान गरिरहेको पहिलो पटक पुष्टि गर्नुभएको हो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो टेलिफोन ह्याक गरेको भन्ने आरोप बारे प्रमाण फेला नपारेको कोमीले बताउनुभयो । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले आफ्नो टेलिफोन ह्याक गरेको आरोप लगाउँदै आउनुभएको छ । तर उहाँले यसबारे कुनै प्रमाण भने दिनुभएको छैन । निर्देशक कोमीले कांग्रेसको इन्टेलिजेन्स कमिटिलाई एफबिआईले गरिरहेको अनुसन्धान सम्बन्धी प्रमाण पनि प्रदान दिनुभएको छ । यता ट्रम्प प्रशासनले भने राष्ट्रपति चुनावमा रुसले कुनै किसिमको दखल नदिएको बताउँदै आएको छ । तर ह्वाइटहाउसले भने ट्रम्प र रुसबिच पनि कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।

 

By:

4 months ago | अन्तराष्ट्रिय

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News