चैत्र-१६-२०७३

मुख स्वास्थ्य भए मात्र सम्पूर्ण शरिर स्वास्थ्य हुने बताउनु हुन्छ-उपराष्ट्रपति नन्दकिशोर पुन

  • मुख स्वास्थ्य भए मात्र सम्पूर्ण शरिर स्वास्थ्य हुने बताउनु हुन्छ-उपराष्ट्रपति नन्दकिशोर पुन

चैत ७, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले दन्त स्वास्थ्य जस्तो संबेदनशिल बिषय राष्ट्रिय स्वास्थ नितिमा नपरेको बताउनुभएको छ ।

 

सोमवार नेपाल डेन्टल एसोसियसनले विश्व मुख स्वास्थ्य दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सरकारसँग दन्त स्वास्थ्य सम्बन्धि नीति आगामि दिनमा छिट्टै बनाउन आग्रह गर्नुभयो । उहाँले पर्याप्त ध्यान नदिँदा दाँतकै कारणबाट मधुमेह, रक्तचाप जस्ता बिमारी बढ्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।



सप्ताहव्यापि रुपमा दाँतको परिक्षण गरि मुख दिवस मनाईदै छ ।शहरी क्षेत्रमा चिकित्सहरुले काम नपाएर बस्नुपर्ने अबस्था छ भने ग्रामिण भेगका जनताहरुले उपचारपाउनबाट बन्चित छन् ।मुख स्वास्थ्य जस्तो बिषयमा सरकाले ध्यान नदिएकाले आगामि दिनमा नितिगत सुधार गरेर अगाडी बढ्नुपर्ने नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष सुवास घिमिरेले बताउनुभयो ।

मुख नै शरिरको मूल द्धार भएकाले मुख स्वास्थ्य भए मात्र सम्पूर्ण शरिर स्वास्थ्य हुने बक्ताहरुले बताएका थिए ।

By:

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News

a