श्रावण-१२-२०७४

नेपालको बाणिज्य क्षेत्रको विकासप्रति सरकार लागिरहेको छ-वाणिज्यमन्त्री रोमी गौचन थकाली

  • नेपालको बाणिज्य क्षेत्रको विकासप्रति सरकार लागिरहेको छ-वाणिज्यमन्त्री रोमी गौचन थकाली

चैत ७,काठमाडौं । वाणिज्यमन्त्री रोमी गौचन थकालीले नेपालको बाणिज्य क्षेत्रको विकासप्रति सरकार लागिरहेको बताउनु भएको छ । आफू वाणिज्यमन्त्रीमा नियुक्त भएपछि ७ महिनाको अबधिमा भएका काम कारवाही र प्रगतिवारे जानकारी दिने उद्देश्यले सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री थकालीले ७ महिनामा छिमेकी मुलुक भारत र चीनसंग द्विपक्षीय तथा बहुपक्षीय व्यापार एवं पारबहन सम्बन्धि समझौताहरुको नविकरण,स्वीकृति र अनुमोदन गरेको बताउनुभयो ।

 

उहाँले उक्त अवधिमा व्यापार पूर्वाधार संरचनाहरुको सुधार र बिकास सूचना प्रबिधिमा आधारित ब्यापार प्रणलीको बिकास गरेको उल्लेख गर्नुभयो । 


मन्त्री थकालीले भ्रष्ट्राचारप्रतिको शुन्य सहनशीलता सरकारी काम कारवाहीमा पारदर्शिता र स्वच्छता कायम गर्ने जस्ता नेपाल सरकारको नीतिलाइ पूर्णत आत्मसात गर्दै सरकारी सेवालाइ थप चुस्त र गुणस्तरीय बनाउन आफू लागिपरेको बताउनुभयो । उहाँले नेपालको निर्यात बढाउन आफूले पहल गरेको जानकारी दिनुभयो ।

By:

4 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News