प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण अन्तिम फैसला मंगलबार

  • प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण अन्तिम फैसला मंगलबार

चैत ७,काठमाडौं । सोमबार बहस सकिएपछि सर्वोच्च अदालतले मंगलबार अन्तिम फैसला सुनाउने तयारी गरेको हो । आईजीपी नियुक्तिबारे परेको रिटमा सोमबार सरकार पक्षका वकिलहरुले बहस गरेका थिए।

 

सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल पक्षका कानुन व्यवसायीहरुले जवाफ दिएसँगै सम्पूर्ण कानुनी प्रक्रिया सकिएपनि सर्वोच्चले फैसला भने मंगलबारमात्रै सुनाउने तयारी गरेको बताइएको छ ।   मन्त्रिपरिषदले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सिलवाल र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

 

दायर भएको रिटमा सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको बृहत इजलास गठन भएको थियो।सरकार र चन्दको बचाउका लागि बहसमा पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र पूर्व महान्यायाधिवक्ता सुशील पन्तलगायत कानुनविद्ले इजलासमा संलग्न प्रधानन्यायाधीश कार्की र न्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदको निर्णय रोक्न दिएको अन्तरिम आदेशमा मुद्दाको तथ्यभित्र प्रवेश गरेर एक खालको निर्णय दिइसकेको स्थितिमा अन्तिम निर्णयमा संलग्न हुँदा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै सुनुवाइ रोक्न माग गरेका थिए।

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News