चमेलिया जलविद्युत आयोजनाको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न

  • चमेलिया जलविद्युत आयोजनाको  ९८ प्रतिशत निर्माण कार्य सम्पन्न

चैत ७,दार्चुला ।  वासुदेव वडु  । दार्चुला जिल्लाको शिखरमा निर्माणाधिन ३० मेगा वाट क्षमता भएको जलविद्युत आयोजनाको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजना निर्माणसंगै यस क्षेत्रमा उत्पादन भएको विजुलीले राष्ट्रिय उत्पादनममा समेत ठूलो सहयोग मिल्ने देखिन्छ । 

 

आयोजनाका उप–प्रमखु पुष्पराज जोशीका अनुसार आयोजनाको सिभिल तर्फको काम सन् २००७ देखि सुरु भएको र इलेक्टोमेकानिकल तर्फको काम स्न २००८ देखि सुरु भएकोहो । यस आयोजनाको लक्ष्य सन् २०११ डिसेम्बर मा सम्पन्न गर्ने रहेको थियो । आयोजनाका सुरुवातमा माओबादी द्वन्द्वका कारण एक वर्ष निर्माण कार्य बन्द भएको र पछि व्यवस्थापिका संसदको संसदीय लेखा समितिले भ्रष्टाचार भएको भनि छानविनका लागि दुई वर्ष निर्माण कार्य बन्द गरेको आयोजनाका उप–प्रमुख जोशीले जानकारी दिए ।

 

अबको सेप्टेम्वर २०१७ मा सिभिल तर्फको काम सम्पन्न गर्ने र त्यसपछि जाँचको अनुमतिको काम गर्ने जानकारी दिए । यस आयोजनाको कूल लागत ८ अर्व भन्दा धेरै भए पनि विभिन्न कारणले गर्दा खर्च बढ्न गई यसको कुल लागतमा बृद्धि भई १५ अर्वमा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी जोशीले दिएका छन् । स्थानीयका अनुसार यस आयोजनाले प्रभावित क्षेत्रमा स्थानिय लाई आय आर्जन, वातावरणीय प्रभाव कमगर्न वृक्षरोपण, चमेलिया नदिमा तटबन्ध, सिचाई,खानेपानी, शिक्षा, स्वास्थ्य र स्थानियलाई रोजगारको व्यवस्था गर्न कुनै पहल नगरेको स्थानिय गुनासो गरेका छन् ।

By:

2 months ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News