श्रावण-१२-२०७४

नेपालको इतिहासमा आजः गिरिजाप्रसाद कोइरालाको निधन

  • नेपालको इतिहासमा आजः गिरिजाप्रसाद कोइरालाको निधन

चैत ७,काठमाडौं । रामेश्वर सापकोटा  । नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो । बाबु कृष्ण प्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मेका कोइरालाको मृत्यु २०६६ साल चैत्र सात गते मध्यान्ह १२ बजेर १० मिनेटजाँदा  भएको थियो ।कोइराला चारपटक प्रधानमन्त्री भएका थिए । उनि सन १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म प्रधानमन्त्री भएका थिए ।

 

नेपालको राजनीतिमा स्वर्गीय गिरिजाप्रसाद कोइरालको योगदान महत्वपूर्ण रहेको छ । १० वर्षसम्म सशस्त्र युद्धमा होमिएको नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याएर कोइराला चर्चाको शिखरमा पुग्नुभयो । राजनीतिक निकासका लागि सहमति आवस्यक रहेको निष्कर्षमा स्वर्गीय कोइराला पुग्नु भयो । उहाँले थालनी गरेको सहमतीय पद्धति यतिवेला राजनीतिमा हराउँदै गएको कतिपयले विश्लेषण गर्न थालेका छन् । 

 

नेपाली कांग्रेसका तात्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको २०६६ साल चैत्र ७ गते कोईरालाको ८५ वर्षको उमेरमा निधन भएको थियो । पाँच पटकसम्म नेपालको प्रधानमन्त्री भएका कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो ।


गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री कोईरालाको नेतृत्वमा शान्ति प्रक्रियाबारेको सहमतिको खाका तयार पारिएको थियो । शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन हुँदै मुलुकले गणतन्त्र नेपालको संविधान पाएपनि त्यसको कार्यान्वयन भने अझै अन्योलमा रहेको बताउनु हुन्छ-त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक प्रा .डा .गुणनिधि न्यौपाने ।

 

संविधानका अन्तरबस्तुमा सहमतिको पहल जारी रहेका समय २०६६ साल चैत ७ गते उहाँको निधन भएको थियो । कोइरालाको नेतृत्वको अभावमा मुलुकले ६ बर्षपछि मात्र संबिधानसभाबाट संविधान पाएको थियो । २००७ सालको राणा बिरोधी आन्दोलनमा सहभागी कोईरालाले २०४६ सालको जनआन्दोलन, ०६२–०६३ को आन्दोलनको नेतृत्वमात्र गर्नुभएन प्रजातन्त्र प्राप्तीपछिका हरेक राजनीतिक घटनाक्रमलाई सहज अवतरण गराउन नेतृत्वदायी भूमिका समेत निभाउनु भएको बताउनु हुन्छ-नेपाली कांग्रेस नेता,विपिन कोइराला । 

स्वर्गीय कोइराला जीवनभरी देश, जनता र लोकतन्त्रका लागि लडिरहनु भयो । माघ १९, २०६१ मा राजा ज्ञानेन्द्रले चालेको शाहि कदम कोइराला र माओवादी नेता तथा बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल बिच निकटता बढाउने माध्यम बन्यो । फलस्वरुप राजा ज्ञानेन्द्रले गरेको स्थानिय निकायको निर्वाचन असफल र तत्कालिन सात दल र माओवादी विच १२ बुँदे दिल्ली सम्झौता भयो । सो सम्झौतापछि भएको १९ दिने जनआन्दोलनले राजतन्त्रको अन्त्य, प्रतिनिधिसभाको पुनःस्थापना अन्तरिम संविधान र अन्तरिम सरकारको गठन साथै संविधानसभाको निर्वाचन र गणतन्त्रको औपचारिक घोषणा गरायो । अहिले मुलुकमा निषेधको राजनीति चलेको अवस्थामा कोइरालाले अपनाउनु भएको सहमतीको राजनीतिको उत्तिकै आवश्यक रहेको बिश्लेषकहरुको भनाइ छ ।

जे होस स्वर्गीय कोइरालाले शान्ति स्थिरता र सहमतीको राजनीतिको लागि अंगिकार गर्नु भएको नीति अहिले पनि सान्दर्भिक र अनुकरणीय छ ।

By:

4 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News