श्रावण-१२-२०७४

नेपालमा माछापालनको आर्कषण बढदै गएको बताउनुहुन्छ -विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंह

  • नेपालमा माछापालनको आर्कषण बढदै गएको बताउनुहुन्छ -विज्ञान तथा प्रविधिमन्त्री  प्रेमबहादुर सिंह

चैत ७,काठमाडौं । सोमवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आयोजना गरेको माछापालन सम्वन्धि एक दिने गोष्ठिमा बोल्दै मन्त्री सिंहले नेपालमा माछापालनको संभावना धेरै भएको बताउनुभएको छ । मन्त्री सिंहले नेपालमा धेरै प्रजातिका माछा रहेका तर विदेशी माछाहरुले गर्दा रैथाने माछाहरु घट्दै गएको बताउनुभयो ।

 

उहाँले जुनसुकै कामका लागि पनी नीतिगत स्पष्टता र प्रभावकारी कार्यक्रम हुनुपर्ने बताउदै यस कार्यक्रमका लागि आफुले सरकारका तर्फवाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कर्यक्रममा नाष्टका उपकुलपति जिवराज पोखरेलले नेपालमा रहेका ६ हजार नदीनालामा माछापालनको उच्च संभावना भएको बतानुभयो । उहाँले हाल माछापालन ब्यबसायमा असमानुपातिक वजेट विनियोजन भएको भन्दै अबको ५ वर्ष भित्र माछापालनमा कृषकहरु आत्मनिर्भर बन्ने बताउनुभयो । 

By:

4 months ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News