नेपाल भारतका साना घाटहरुमा भारतीय एसएसबिको दादागिरी

  • नेपाल भारतका साना घाटहरुमा भारतीय एसएसबिको दादागिरी

नरी बडु, ७ चैत्र, बैतडी ।

बैतडीको सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने कुस्मौत घाट, खाँड घाट, डिम्बर घाट, ढोया घाट, धरम घाट, रोल घाट र बिनायक लगायतका घाटहरुमा भारतीय एसएसबिले दुख दिने गरेका हुन् । मुख्य व्यापारिक केन्द्र भारतको लुवाघाट रहेको उक्त क्षेत्रका स्थानीयलाई समान ल्याउदा अनावश्यक दुख दिने गरेको स्थानीय व्यापारी धनसिह मंगोलाले बताउनुभयो । बैतडीको तल्लोस्वराड क्षेत्रका अधिकासं व्यक्तिहरु भारतिय सुरक्षा फौजका भुपु सैनिकहरु छन् ।

 

उनिहरुलाई समेत एसएसबिले समस्या गर्ने गरेको छ । हिजो भारतका लागि लडेका शैनिकहरुले समेत उसैको ज्यादती खेप्न बाध्य छन् । कुनै बेला समान किनेर ल्याउन लाग्दा बिच नदिबाटै डुङ्गा फर्काएर सामान माहाकालीमा फालिदिने गरेको स्थानीय मोहन बहादुर चन्दको भनाई छ । ति क्षेत्रका अधिकासं घाटहरुमा नेपाल प्रहरीको सुरक्षा व्यवस्था छैन् । स्थानीयका अनुसार पछिल्लो समय कच्ची सडकले सिजलन रुपमा नेपालबाट समान आयात हुदै आएको छ । घाटहरुमा सवारी र सामान आयात निर्यातका लागि नेपाली नागरिकले ठेक्का संञ्चालन गर्दै आएका छन् ।

By: शशी शेखर घिमिरे

2 months ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News