श्रावण-१२-२०७४

तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ – सभापति देउवा

  • तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ – सभापति देउवा

चैत ७,भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा हुने बताउनुभएको छ ।सोमबार भक्तपुरमा स्वगिर्य गिरिजाप्रसाद कोईरालाको स्मिृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले तोकिएकै मितिमा चुनाव हुने बताउनुभएको हो । उहाँले निर्वाचन रोक्न विभिन्न खाले चलखेल भैरहे पनि निर्वाचन कसैले पनि रोक्न नसक्ने बताउनुभयो । 

 

सभापति देउवाले हिमाल, पहाड, तराईलाई सन्तुलनमा राख्नका लागि आफु अघि बढ्ने बताउनुभयो । उहाँले तीनै तहको चुनावमा कांग्रेस पहिलो पार्टी हुने दाबी पनि गर्नुभयो । उहाँले उम्मेदवार छनौट गर्दा योग्यलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।

 

 उहाँले स्वर्गिय गिरिजाप्रसादकै कारण मुलुक गणतन्त्रमा आइपुगेको बताउँदै गिरिजाको सपना पुरा गर्न कांग्रेसले राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने बताउनुभयो । सभापति देउवाले संविधान संशोधनका लागि एमालेलाई पनि सहमत गराउन विभिन्न चरणको वार्ता भैरहेको बताउनुभयो ।

By:

4 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News