चैत्र-१६-२०७३

पद्मा गुप्रद्वारा पूर्व क्षेत्रिय प्रशारण केन्द्र विराटनगरको आरम्भ

  • पद्मा गुप्रद्वारा पूर्व क्षेत्रिय प्रशारण केन्द्र विराटनगरको आरम्भ


शशीशेखर घिमिरे, ७ चैत्र, काठमाण्डौं ।

पद्मा गुप्र अन्र्तगत माउन्टेन टेलिभिजनले पूर्व क्षेत्रिय प्रशारण केन्द्र विराटनगरको आरम्भ गरेको छ । सोमवार पद्मा गुप्रका अध्यक्ष राजु प्रसाद कंडेलले एक कार्यक्रमकावीच प्रशारण केन्द्रको उद्घाटन गर्नुहुदैं यस केन्द्रले सुदुरपूर्वको विकटस्थानको जनताको समस्या लगायत पूर्वको आर्थिक,पर्यटकीय गतीवीधिलाई प्राथमिकताकासाथ समाचार सम्प्रेषण गर्ने मूल हेतु राखेको वताउनुभयो । उहाँले अव पूर्वको व्यापारीक घराना देखि मध्यम र अति विपन्न वर्गको आवाजलाई समेत प्रशारण केन्दले महत्वका साथ समेट्ने वताउनुभयो ।

 

कार्यक्रममा जिल्लाका स्थानीय पत्रकारका साथै राजनीतिक दलका प्रतिनीधि र प्रेस युनियन पूर्वाञ्चल संयोजक लीलावल्लभ घिमिरे,प्रेस युनियन मोरङ संयोजक मिन कुमार नवोदीप,नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी लगायतले माउन्टेन टेलिभिजनको पूर्व प्रशारण केन्द्रको महत्वको वारेमा आआफनो धारणा व्यक्त गर्नुभएको थियो । स्मरण रहोस् पद्मा गुप्रले यसअघि बाँकेको नेपालगञ्ञ, कैलालीको धनगढी, धनुषाको जनकपुरमा क्षेत्रिय प्रशारण केन्द्रको आरम्भ गरिसकेको छ ।

By: शशी शेखर घिमिरे

1 week ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News

a