उपत्यकामा जटिल बन्दै सवारी व्यवस्थापन

  • उपत्यकामा जटिल बन्दै सवारी व्यवस्थापन


चैत ७,काठमाडौं ।  देशकै प्रमुख तथा ठूलो शहर हो काठमाडौं ।-काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ ।यो भूमिका देशभरका करिब ४५ लाख बढी जनसङ्ख्याको बसोबास रहेको अनुमान छ । सोही अनुपातमा सवारीको चाप पनि उच्च छ, काठमाडौंसहित ललितपुर र भक्तपुरमा । यही बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरुलाई हम्मे–हम्मे परिरहेको छ ।


सवारी चालक मात्रै होइनन् पैदलयात्री र यहाँ बसोबास गर्नेहरुलेसमेत आफ्नो अनुशासन र कर्तव्य भुल्दा सडक व्यवस्थापन झन्झन् जटिल बन्दै गएको छ । यसरी काठमाडौं उपत्यको ट्राफिक व्यवस्थापन कार्य दिनप्रतिदिन जटिल बन्दै गइरहेको बेला ट्राफिक प्रहरीले विभिन्न उपायहरु अवलम्बन गर्ने क्रम पनि बढाउँदै लगेको छ । तर, मानिसहरुमा चेतना भने फिटिक्कै नआएको प्रहरीहरुकै गुनासो रहँदै आएको छ ।

 

यसैबीच अत्याधिक सवारी चाप हुने काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको मातहतमा विभिन्न किसिमका तीन सय २८ क्यामराको प्रयोग गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईसय सिसि क्यामरा, ५० ड्यासबोर्ड क्यामरा, ६४ ग्रोप्रो क्यामरा र १४ बडिवन क्यामराद्वारा उपत्यकाको ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ ।

 

उपत्यकामा अत्याधिक मात्रामा लेन अनुशासन उल्लङ्घन हुने गरेको र सडक प्रयोकर्ताहरुलाई अनुशासन कायम गराउनका लागि उक्त क्यामरा प्रयोगमा ल्याइएको जानकारी दिइएको छ । क्यामराको प्रयोगले सेवाको गुणस्तर बढ्नुका साथै ट्राफिक प्रहरीको बोलिचाली र आनीबानीमा सुधार आएको महाशाखाको दाबी छ ।

 

महाशाखाले सिसि क्यामरा सडकमा राखेको छ भने ड्यासबोर्ड क्यामरा हरेक ट्राफिक प्रहरी चढ्ने सवारी साधनमा जडान गरेको छ । त्यस्तै ग्रोप्रो र बडिवन क्यामरा ट्राफिकको शरीरमा जडान गरिएको छ । ग्रोप्रो र बडिवन क्यामरा लिएर गल्लीगल्लीमा जान सकिने हुँदा यसको प्रयोग धेरै बढेर गएको बताइएको छ ।

 

यस्तै महाशाखाले नागरिक आँखा ‘पब्लिक आई’ अभियान पनि सञ्चालन गरेको छ । जसअनुसार सवारी नियम उल्लङ्गन गरेका सवारी साधनका तस्बिर नागरिकले महाशाखाको सामाजिक सञ्जालमा पठाएमा उक्त तस्बिरलाई अध्ययन गरी आवश्यक कारबाही गर्ने भएको छ ।

 

By:

2 months ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News