मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

  • मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

चैत ६, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले संसदको आइतबारको बैठक बहिष्कार गरेका छन् ।

मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पुरा नगरेको भन्दै आइतबारको संसद बैठक बहिस्कार गरेको हो । बैठकमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सांसद् जङ्गीलाल यादवले राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले मधेसका जनतामा आक्रोश आएको बताउनुभयो ।

उहाँले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुननसक्ने भन्दै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गर्नुभयो ।
सांसद यादवले आफ्नो भनाइ राखेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु बैठक बहिस्कार गरी बाहिरिएका थिए ।

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News