स्थानीय चुनावका लागि आजबाट मतपत्र छाप्ने तयारी

  • स्थानीय चुनावका लागि आजबाट मतपत्र छाप्ने तयारी

चैत ६, काठमाडौं । निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने २६ दलको क्रम संख्या र चुनाव चिन्ह आइतवार सार्वजनिक गरेको छ ।

संबिधानसभा निर्वाचन २०७० मा समानुपातिकतर्फ प्राप्त मतका आधारमा आयोगले दलहरुको क्रम संख्या र चुनाव चिन्ह सार्बजनिक गरेको हो । आयोगमा दर्ता भएका १ सय ६४ दल मध्ये हाल संसदमा रहेका २६ दलको मात्र क्रम निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले नेपाली कांग्रेसलाई पहिलो, नेकपा एमालेलाई दोस्रो, नेकपा माओवादी केन्द्रलाई तेस्रो, राप्रपालाई चौथो र संघीय समाजवादी फोरमलाई पाँचौं नम्बरमा राखेको छ ।

 

आयोगले मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, तराइ मधेश लोकतान्त्रिक पार्टी , सद्भावना, नेपाल कम्युनिष्ट पार्टी माले र राष्ट्रिय जनमोर्चालाई क्रमश छैटौं देखी दशौंसम्ममा राखेको छ । सबै २६ दललाई पुरानै चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । मतपत्रमा निर्वाचन चिन्हको निर्धारण गर्दा सविधान सभामा समानुपाातिक तर्फ प्राप्त गरेको मतको आधारमा गर्ने आयोगको निर्णय बमोजिम क्रम संख्या निर्धारण गरेको आयोगले जनाएको छ ।
 

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News