श्रावण-१२-२०७४

ग्लोबल एलायन्स फर बैकिंङ अन भ्यालुजको नवौं सम्मेलन सुरु

  • ग्लोबल एलायन्स फर बैकिंङ अन भ्यालुजको नवौं सम्मेलन सुरु

२४ फाल्गुन, काठमाडौं । ग्लोबल एलायन्स फर बैकिंङ अन भ्यालुजको नवौं सम्मेलन मंगलबारबाट राजधानीमा सुरु भएको छ ।

मंगलबारबाट राजधानीको होटल हायतमा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय समुदायको आत्मनिर्भरतालाई सम्मेलनले जोड दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणीय संरक्षण गर्दै दिगो विकासको क्षेत्रमा हुने कार्यलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।

एफएमओसँग सहकार्य रहेको एनएमबि बैंङ्क सम्मेलनको आयोजक रहेको छ । सम्मेलनमा दक्षिण पूर्वी एशियाका मुल्यमान्यतामा आधारित बैकिङ्को उपलब्धि तथा चुनौतीहरुका बारेमा जानकारी गराइने जनाएको छ । सम्मेलन  ३ दिन सम्म चल्ने छ । 

By: दिवाकर त्रिपाठी

4 months ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News