माओवादी नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

  • माओवादी नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

काठमाडौं, फागुन १५ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि थाइल्याण्ड लाने तयारी भएको छ ।

उच्च ज्वरो आएपछि गएको मंगलबारदेखि धापासीको ग्राण्डी अस्पताल भर्ना भएका पूर्व अर्थमन्त्री पुनलाई दिउँसो दुई बजे थाई एयरबाट थाइल्याण्डको बैंकक लैजाने तयारी भएको उहाँको परिवारले जनाएको छ ।

पुनलाई ज्वरो कम नभएको तथा वान्ता हुने र टाउको दुख्ने समस्या रहिरहेको तथा नियमित उपचारको लागि पनि जानुपर्ने भएकाले उहाँलाई बैंकक लान लागिएको बहिनी सुशीला पुनले जानकारी दिनुभयो ।

यसअघि जण्डिस बिग्रिएपछि पूर्व अर्थमन्त्री पुन गएको वर्ष माघमा भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा उपचार गरेर फर्कनुभएको थियो ।

त्यसकै निरन्तर उपचारको लागि गएको महिना नै बैंकक जानुपर्ने भएपनि व्यस्तताले जान नसकिएको पारिवारले जानकारी दिएको छ ।   

By: रामचन्द्र अर्याल

3 months ago | स्वास्थ्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News