मोरङको कर्सियामा गोली प्रहार गरी लुटपाट, एक गम्भिर घाइते

  • मोरङको कर्सियामा गोली प्रहार गरी लुटपाट, एक गम्भिर घाइते


१२ माघ, विराटनगर र मोरङको कर्सियामा लुटेराहरुको एक समुहले आज दिउँसो वित्तिय संस्थाका एकजना कर्मचारीमाथि गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका छन् । लुटेरा समुहले वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ बर्षिय घनश्याम बहरदार माथि दिउँसो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका हुन् ।


कर्सियाको पश्चिमचर्फ रहेको खोला छेउमा लुकेर  बसेका चार जना लुटेरा समुहले जीवन विकास समाजका बरिष्ठ फिल्ड साहायक बहरदार माथि गोली सहित रडले कुटपिट गर्दै उनले दादरबेरीयाबाट संकलन गरेर ल्याएका रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड साहायक रबिन्द्र नारायण ठाकुरले जानकारी दिनुभयो ।


गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक फणिन्द्र मण्डलले बहरदारको दायाँ तिघ्रामा गोली लागेको बताउनुभयो । उनी बेहोस अवस्थामा छन् । यस्तै रड प्रहारका कारण उनको देब्रे तिघ्रा समेत भांच्चिएको जानकारी दिनुभयो । उपचाररत बहरदार भने खतरामुक्त रहेको उहाँले बताउनुभयो ।

गोली लागेर घाइते भएका बहरदारलाई आफ्न्तहरुले विराटनगर अस्पतालसम्म ल्याएको पीडितका श्रीमति बबिता बहरदारले जानकारी दिनुभयो । सो बिषयमा प्रतिक्रिया दिनुहुंदै मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले लुटेरा समुह मध्ये १ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजतलास तिब्र पारिएको जानकारी दिनुभयो ।


घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले पक्राउ परेका ब्यक्तीको नाम प्रहरीले सार्बजनिक गरेको छैन । यस अघि पनि बिराटनगरको रानीमा अज्ञात समुहले  एकजना मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको थियो । सो घटनामा पनि यसै समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पछिल्ला दिनमा मोरङमा गोली प्रहारका घटनामा वृद्धी हुँदै गएको छ ।

By: शशी शेखर घिमिरे

4 months ago | अपराध

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!