इच्छाकामना गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिए

चितवन, ४ जेठ ।

इच्छाकामना गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आज सपथ लिएका छन । गाउँपालिकाका प्रमुख गीता गुरुङ, उपप्रमुख कृतिकुमार श्रेष्ठ र वडा अध्यक्षहरुले निर्वाचन अधिकृत दिवाकर पौडेलबाट सपथ लिएका हुन । वडा सदस्यहरुले भने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गीता गुरुङबाट सपथ लिएका हुन । उनिहरुलाई सपथ संगै प्रमाणपत्र पनि वितरण गरेका थिए । यस गाउँपालिकामा कुल मतदाता ११ हजार ६ सय ५४ जनामा ९ हजार ३ सय ५७ मत खसेको थियो। जसमा नेकपा एमालेका नारायण प्रसाद अधिकारीलाई हराउँदै कांग्रेशकी गिता गुरुङ गाउँपालिकाको प्रमुख पदमा विजयी हुनु भएको हो ।

 

उहाले ३ हजार २ सय ५४ मत प्राप्त गर्नु भएको थियो भने उहाका प्रतिद्वन्दी एमाले का नारायण प्रसाद अधिकारीले ३ हजार ६१ मत प्राप्त गर्नुभएको थियो।यस्तै माओवादी केन्द्रका प्रताप गुरुङले २ हजार ३ सय ९९ मत पाएका छन् । त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसकै कृतिकुमारी श्रेष्ठले ३ हजार ३ सय ८९ मत ल्याएर बिजयी हुनुभएको छ । यस्तै कांग्रेशले ३ वटा वडा पनि जितेका छन । वडा न ४ ५ र ७ जितेका हुन । वडा न४ मा माओवादी केन्द्रका एक जना सदस्य निर्वाचित भएका छन । नेकपा एमाले पनि ३ वटा वडामा जित हासिल गरेका छन । वडा १,२, र ६ मा विजयी भएका हुन । माओवादी केन्द्र भने वडा न ३ मा मात्र विजयी भएका छन ।

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News