व्यास नगरपालिकामा वैकुण्ठ न्यौपाने विजयी

राजकुमार श्रेष्ठ ५ जेठ तनहुँ । जिल्लाकै ठुलो व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसको तर्फवाट उमेदवार वनेका नेपाली कांग्रेसका जिल्ला सभापती वैकृण्ठ न्यौपाने मेयरमा निवार्चित भएका हुन । न्यौपानेले १३ हजार ५६ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दीले नेकपा एमालेका उमेदवार शंकर नारायण श्रेष्ठले ९ हजार ५ सय ९१ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उमेदवार मिरा जोशीले १३ हजार २ सय ६० ल्याएर विजयी भइन भने निकटटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानेले ३ हजार ४ सय ७७ मत प्राप्त गरे ।

व्यास नगरापलिकाको वडा नं ४ को वडा अध्यक्ष खुला २ सदस्य र महिला सदस्य वाहेक सवै स्थानमा नेपाली कांग्रेसको प्यानल ने विजयी भएको छ । व्यास नगरपालिकामा १४ वटा वडा रहेका छन म्याग्देमा महिला नेतृ माया विजयी स्थानिय तहको निर्वाचनमा तनहुँमा पहिलो पटक महिला प्रमुखमा विजयी भएकी छन । म्गाग्दे गाउँपालिकाको अध्यक्ष पदमा मायाँ राना विजयी भएकी हुन । उनले ४ हजार ५ सय ४२ मत ल्याएर विजयी भएकी हुन भने उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्री प्रसाद श्रेष्ठले ३ हजार ४ सय ६१ मत प्राप्त गरेका छन । राना नेपाली कांग्रेसको भातृ संगठन महिला संघकी पुर्व केन्द्रिय सदस्य समेत हुन ।

 

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै वाल कृष्ण घिमिरेले निर्वाचित भएका हुन । उनले ४ हजार ५ सय ९२ मत प्राप्त गरेका छन, उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी रत्नादेवी घिमिरेले ३ हजार १ सय ५४ मत प्राप्त गरिन । गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ कांग्रेस र २, ६ र ७ मा एमालेका अध्यक्षहरु विजयी भएका छन् । यो घोषणासँगै तनहुँका ३ गाउँपालिका कांग्रेसले जितेको छ । २ वटामा एमाले र १ वटामा माओवादी अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । भिमादमा नगरपालिकामा एमाले विजयी तनहुँको भीमाद नगरपालिकामा नेकपा एमालेका उमेदवार विजय भएको छ ।

 

नेकपा एमालेका उमेदवार मेख वहाुदर थापाले ६ हजार ४ सय ६४ मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्धनदी पुष्प पराजुलीले ६ हजार ८० मत प्राप्त गरे । साविकदेखि नै पकड भएको ठानिएको भीमादमा अन्तिम मत गन्न केही समय बाँकी रहँदा नेपाली कांग्रेसले अग्रता लिएको थियो । तर अन्तिम समयमा थापाले ३ सय ८४ मत अन्तरले नेपाली कांग्रेसका पराजुलीलाई पराजित गरेका हुन । सुरुवाती झिनो अग्रतालाई अन्त्यमा कायम गर्दै एमालेका मेयर उम्मेदवार मेखबहादुर थापा विजयी भएका हुन यसैगरी, उपमेयरमा पनि एमालेले नै जित हासिल गरेको छ ।

 

एमाले उम्मेदवार शारदा खनालले ६ हजार सात सय १२ मत ल्याएर विजयी भइन भने कांग्रेस उम्मेदवार इन्दिरा खनालले पाँच हजार सात सय ७५ मत प्राप्त गरिन । तनहुँमा १० स्थानिय तह मध्यमा नेपाली कांग्रेसले ऋषिङ, आवुँखैरेनी र म्याग्दे गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै नेकपा एमालेले घिरिङ र देवघाट गाउँपालिकामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले वन्दिपुर गाउँपालिकामा जित हासिल गरेको छ । यसैगरि विजय भएसँग तनहुँका विभिन्न ठाउमा विजयी राजनैतिक दलहरुले जुलुस निकालेको छ ।

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News