बागलुङको १० वटै स्थानिय निकायको मतगणना सम्पन्न

 

सुवास आचार्य, जेष्ठ ५   बागलुङ
बागलुङका १० वटा स्थानीय निकाय मध्य ४ काग्रेस ,एमाले ४  तथा माओवादी र जनमोर्चाले १÷१ स्थानमा विजयी भएका छन् । नेपाली काँग्रेस जैमुनि नगरपालिका , गल्कोट नगरपालिका, निसिखोला गाउँपालिका र तमान गाउँपालिकामा विजयी भएको छ ।

 नेकपा एमालेले बागलुङ नगरपालिका ,ढोरपाटन नगरपालिका,वडिगार्ड गाउपालिका, काठेखोला गाउँपालिकामा जित हासिल गरेको छ ।    यस्तैगरी राजमोले बरेङ गाउँपालिका र माओवादी केन्द्रले ताराखोला गाउँपालिकामा जितेको छ ।

जैमुनि नगरपालिकाको शुक्रवार सम्पन्न मतगणनामा नेपाली काग्रेसका इन्द्रराज पौडेल विजयी हुनु भएको छ ।  पौडेलले ५ हजार ३ सय ५७ मतका साथ विजयी हहुनु भएको हो । उहाका प्रतिशप्रर्धी एमाले जनमोर्चा गठवन्धनका नरवहादुर पुनले ५ हजार २ सय ५० मत प्राप्त गर्नु भएको थियो ।
    

संग १ सय ६ मत अन्र्तरले मेयरमा विजयी हुनु भएको हो ।  कुल मत परिणाम सार्वजनिक हुन वाकी छ । उपमेयरमा एमाले जनमोर्चा गठवन्धनका लिला राना विजयी हुनु भएको छ । रानाले ४ हजार ४ सय ४० मत प्रप्त गर्नु भएको थियो भने उहाका प्रतिशप्रर्धी नेपाली काग्रेसका कौशिला विकले ४ हजार ६ सय ४८ मत प्रप्त गर्नु भएको थियो  ।    

       
बागलुङ नगरपालिकामा नेकमा एमालेका जनक पौडेल,    उपमेयरमा वाम राप्रपा संयुक्त प्यानलका सुरेन्द्र खड्का  गलकोट नगरपालीकामा नेपाली काँग्रसका भरत शर्मा गैरे उपप्रमुख पदमा नेपाली काँग्रेसका रेनुका काउचा मगर विजय हुनुभएको छ ।


बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका देब कुमार नेपालीे  उप मेयरमा नेकपा एमाले का करमती घर्ती काठेखोला गाउँपालिकामा अध्यक्षमानेकपा एमाले जनकोर्चा गठवन्धनका अमर थापा ,उपाध्यक्षमा जनमोर्चाका अर्जुन खत्री विजयी हुनु भएको छ ।


बडिगाड गाउँपालिकामा एमाले माओवादी गठवन्धनका मेयरसिहं पाईजा र उपप्रमुखमा भने नेपाली काग्रेसका अम्मर वहादुर श्रीष विजयी हुनु भएको छ । यस्तै निसि गाँउपालीकामा नेपाली काँग्रेसका तारानाथ पौडेल र उपप्रमुखमा काँग्रेसकै सोभा कार्की ,तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा उपाध्यक्षमा नेपाली काँग्रेसकी मानसरी शेरचन विजयी हुनु भएको छ ।

ताराखोला गाउँपालिकाको प्रमुखमा नेकपा माओबादी केन्द्रका प्रकाश घर्ती उपप्रमुखमा डिलकुमारी पुन बिजयी बन्नुभएको हो ।   बरेङ गाउँपालिकाको अध्यक्षमा रास्ट्रिय जनमोर्चाका कृण्ण प्रसाद शमा र उप प्रमुखमा दिलकुमारी पुन विजयी भएका हुन ।
    

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News