श्रावण-१२-२०७४

सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसीमा माओवादी केन्द्र विजयी

 राजन गाउँले सिन्धुली ५, जेठ । सिन्धुलीको दुधौली नगरपालिका नेकपा एमाले विजयी भएको छ । एमालेका घनस्याम राउत ८५९८ मत प्राप्त गर्दै गाउँपालिका प्मुखमा विजयी हुनु भएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी गंगा दाहालले ८२२३ मत प्राप्त गर्नु भएको थियो । यस्तै उपप्रमुखमा नेकपा एमालेकै बालकुमारी अधिकारी विजयी हुनु भएकोे छ । उहाँले ८७४० मत प्राप्त गर्नु भएको छ । यसैविच जिल्लाको सुनकोसी गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिपा दाहालले ३४३९ मत प्राप्त गर्दै प्रमुखमा र माओवादी केन्द्रकै दिर्वसिं मोक्तान ३४५४ मत प्राप्त गर्दै उपप्रमुखमा विजयी हुनु भएको हो ।

By: शशी शेखर घिमिरे

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News