श्रावण-१२-२०७४

नवलपरासीको मध्यविन्दु र देवचुली नगरपालिकामा मेयरमा कांग्रेसको जित

 

 

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । उनले १०,१९६ मत ल्याए । रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे । उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले जति हात पारिन् । उनले १०,८३५ मत ल्याउँदा एमालेकी जोगमाया महतोले १०,०३३ मत पाइन् ।

 

नवलपरासीको देवचुली नगरपालिकामा काँग्रेस विजयी

नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ३५९ मत अन्तरले विजयी हुनुभएको छ आठ हजार ५७९ मतसहित प्रमुख पदमा काँग्रेसका श्रेष्ठ विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार तिवारी आठ हजार ७५१ मतका साथ विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो । यस अघिनै ४ वटा गाँउपालिका रहेको नवलपरासी प्रदेश नम्बर ४ मा नेपाली कांग्रेस बिजयि भईसकेको छ । बाकी दुई वटा नगरपािलकाहरुको मत गढना जारी रहेको छ ।

 

मत गणना भईरहेको कावासोती नगरपालिकामा पनि नेपाली कांग्रेसले करीब ४ सय मतवाट अग्रता लिएको छ भने मतगण्ना जारी रहेको गैडाकोट नगरपालिकामा अहिले नेकपा एमालले ५५ मतवाट अग्रता लिएको छ । यद्धपी गैडाकोटलाई नेपाली कांग्रेसको गढ भनेर चिनिन्छ जुन कांग्रेसका महामन्त्री डाक्टर शसांख कोईरालाको ठाँउ हो । यती बेला नेपाली कांग्रेसलाई समर्थन गर्ने नेता कार्यकर्ताहरु बिजयी जुलुशमा ब्यस्त भएका छन् ।

By: शशी शेखर घिमिरे

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News