नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी

नवलपरासी, ३ जेठ ।

नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पुर्ण कुमार श्रेष्ठ ६९ मतअन्तरले बिजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार पार्वती तिवारी ३५९ मतअन्तरले बिजयी बन्नुभएको हो । आठ हजार ५७९ सय मत सहित प्रमुख पदमा काँग्रेसका उम्मेदवार श्रेष्ठ बिजयी बन्नुभएको छभने उहाÒका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार तिवारी आठ हजार ७५१ मतका साथ बिजयी बन्नुभएको हो । भने उहाÒका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचन मध्य हालसम्म पाÒच वटा स्थानिय तहको मात्र मतगणना पुरा भएको छ । जसमध्ये चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवाहरुले बिजयी हासील गरेका छन् । भने मतगणना पुरा भएको देवचुली नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेदवार बिजयी बनेका छन् । यस अगाबै बुलिèटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा मा काँग्रेस विजयी भईसकेको छ ।

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News