नवलपरासीका देवचुली नगरपालिमा काँग्रेस विजयी

 

नवलपरासी, ३ जेठ ।

नवलपरासीको  देवचुली नगरपालिकाको प्रमुखमा   नेपाली काँग्रेसका उम्मेदवार   पुर्ण कुमार श्रेष्ठ  ६९ मतअन्तरले बिजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार पार्वती तिवारी ३५९ मतअन्तरले बिजयी बन्नुभएको हो  ।

आठ हजार ५७९  सय मत सहित प्रमुख पदमा काँग्रेसका उम्मेदवार श्रेष्ठ बिजयी बन्नुभएको छभने उहाÒका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले   आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी  उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार  तिवारी आठ हजार ७५१  मतका साथ बिजयी बन्नुभएको हो  । भने उहाÒका निकटतम प्रतिद्वन्द्वी नेपाली  काँग्रेसकी लक्ष्मी बस्ताकोटीले  आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचन मध्य हालसम्म पाÒच वटा स्थानिय तहको मात्र मतगणना पुरा भएको  छ  । 

जसमध्ये  चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवाहरुले बिजयी हासील गरेका छन् । भने मतगणना पुरा भएको  देवचुली नगरपालिकाको प्रमुखमा  पनि नेपाली काँग्रेसका उम्मेदवार  बिजयी बनेका छन् । 

यस अगाबै  बुलिèटार  हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा मा काँग्रेस विजयी भईसकेको  छ  । 

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News