श्रावण-१२-२०७४

५१ घण्टा पछि नियन्त्रण मुक्त

 

राज सापकोटा १ जेठ मकवानपुर ।

स्थानिय तह निर्वाचनमा मकवानपुरको मनहरी गाँउपालिका वडा नम्वर १ मा माओवादी केन्द्रका तर्फवाट वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेती ५१ घण्टा पछी रिहा भएका छन । उनलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको थियो । आज बिहानै उनलाई माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लगाइएको बिप्लव का जिल्ला संयोजक ज्वालाले बतातए ।

 

आफ्नो कार्यकर्ता बिना कारण प्रहरीले समातेर सार्वाजानिक मुद्धा चलाएको कारण यस्तो आफुहरुले गरेको बताए । उता माओवादी केन्द्का जिल्ला अध्यक्ष प्रेम वाहादुर पुलामीले भने आफ्नो कार्यकर्ता अपहरण परेको भन्दै आएका थिए । अन्य जिल्लाको तुलनामा मकवानपुरमा निर्वातन शान्तीपूवाक रहेको बताउने प्रशासनलाई ५१ घण्टा सम्म पनि नियन्त्रीत उम्मेदवार पत्ता लगाउन नसक्नु प्रशासनलाई चुननैति रहेको थियो ।

By: शशी शेखर घिमिरे

2 months ago | अपराध

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!