काठमाडौं महानगरपालिकाका कुन उम्मेदवारले कहाँबाट भोट हाले अनि के भने ?

  • काठमाडौं महानगरपालिकाका कुन उम्मेदवारले कहाँबाट भोट हाले अनि के भने ?

कठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका मुख्य उम्मेद्वारहरुले भोट खसालेका छन् ।

काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेद्वार राजुराज जोशीले १९ नम्बर वडामा पर्ने यट्खाबहाल केन्द्रमा तथा नेकपा एमालेका विद्यासुन्दर शाक्यले लगनचोकस्थित मतदान केन्द्रमा मत खसाल्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने भोट खसाल्न बाँकि छ । डंगोलले कालिमाटीस्थित जनप्रभात मावि केन्द्रमा मत खसाल्ने कार्यक्रम छ ।

साझा पार्टीका किशोर थापाले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रबाट तथा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले राष्ट्रपति कार्यालय अगाडिको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

२ लाख ७९ हजार ३ सय ६ जना मतदाता रहेको काठमाडौं महानगरपालिकामा मेयरका लागि २८ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

By: रामचन्द्र अर्याल

2 weeks ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News