स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीद्वारा ९ बुँदे अपिल जारी

  • स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीद्वारा ९ बुँदे अपिल जारी

३० बैशाख, काठमाण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनलाई ऐतिहासिक भन्दै सक्रिय रुपमा भाग लिन मतदाताहरुसँग आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिबार अपिल जारी गर्दै निर्वाचनमा सक्रियरुपमा भाग लिइ आफ्नो मताधिकारको प्रयोग गर्न मतदाताहरुसँग आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको भन्दै आफूले चाहेका उम्मेद्वारलाई निर्धक्कसाथ भोट हाल्न अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन नेपालको लोकतान्त्रिक इतिहासमा महाउत्सवको दिन भएको भन्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवको रुपमा रहेको निर्वाचनलाई उत्साहजनक रुपमा सम्पन्न गर्न अपिल गर्नुभएको छ । उहाँले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक लगायत सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले १, २, ५ र ७ नम्बर प्रदेशका मतदातासँग जेठ ३१ गतेका लागि तय गरिएको निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

 

By:

2 weeks ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News