श्रावण-१२-२०७४

निर्वाचन आचारसंहिता विपरित;वाणिज्य मन्त्रीे

  • निर्वाचन आचारसंहिता विपरित;वाणिज्य मन्त्रीे

३० बैशाख,
वाणिज्य मन्त्री रोमी गौचन थकाली निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा फेला पर्नुभएको छ ।

वाणिज्यमन्त्री थकाली शनिबार मुस्ताङको जोमसोममा मतदातालाई पैशा बाँड्दै गरेको अवस्थामा फेला पर्नुभएको हो । पैशा बाँडेर मतदातालाई किन्न खोजेको आरोपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मन्त्री थकालीलाई नियन्त्रणमा लिएका छन् ।

एमाले र माओवादीका कार्यकर्ता तथा स्वतन्त्र उम्मेद्वारले मन्त्री थकालीको विरोधमा जोमसोममा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण प्रहरीले मन्त्री थकालीलाई सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका कारण मुक्तिनाथको दर्शनका लागि गएका भक्तालुहरु बीच बाटोमै रोकिएको स्रोतले जनाएको छ ।

 

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News