चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालद्वारा हस्ताक्षर

  • चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालद्वारा हस्ताक्षर

२९ बैशाख, काठमाण्डौं ।

नेपालले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) अवधारणामा हस्ताक्षर गरेको छ ।


उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा शुक्रबार विहान परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अवधारणामा हस्ताक्षर गर्नुभएको हो । चीनले नेपालको हस्ताक्षरलाई निकै महत्वका साथ लिएको छ ।

ओबीओआर अवधारणामा हस्ताक्षरसँगै चीनले अब नेपालमा सडक, रेल सञ्जाल लगायतका पूर्वाधारको विकासमा लगानी गर्ने छ ।परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालले लामो समयको प्रयासपछि ओबीओआरमा हस्ताक्षर गरेको भन्दै हस्ताक्षरसँगै नेपालमा चिनियाँ लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जवाफमा चिनियाँ राजदूत चिनियाँ यु होङले नेपालले ओबीओआरमा गरेको हस्ताक्षरले दुवै मुलुकलाई फाइदा पुग्ने बताउनुभयो । चिनीयाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा ओबीओआरको अवधारणा अघि सार्नुभएको थियो । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो । केही समयअघि पहिले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिनुभएको थियो ।

 

By:

2 weeks ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News