श्रावण-१२-२०७४

म्यान्चेस्टर युनाईटेड र डच क्लब आयाक्सयुरोपा लिग फुटबलको फाईनलमा

  • म्यान्चेस्टर युनाईटेड र डच क्लब आयाक्सयुरोपा लिग फुटबलको फाईनलमा

२९ बैशाख
इंग्लिश क्लव म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।गएराति आफ्नै मैदानमा भएको सेमीफाईनलको दोस्रो लेगमा स्पेनको सेल्टा भिगोसँग १–१ गोलको बराबरी खेलेसँगै म्यान्चेस्टर युनाईटेड समग्रमा २–१ को जितसहित फाईनलमा प्रवेश गरेको हो ।

यसअघि सेल्टा भिगोको मैदानमा भएको पहिलो लेगमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भएको थियो ।म्यान्चेस्टर युनाईटेडले अब नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग फाईनल खेल्नेछ ।गएराति भएको अर्को खेलमा फ्रान्सको लियोंसँग ३–१ ले पराजित भएपनि समग्रमा ५–४ ले विजयी हुँदै डच क्लव आयाक्स पनि फाईनलमा पुगेको हो ।

पहिलो लेगको खेलमा आयाक्स ४–१ ले विजयी भएको थियो ।म्यान्चेस्टर युनाईटेड र आयाक्स एम्सटरडमबीचको फाईनल खेल आगामी जेठ १० गते स्विडेनको स्टकहोममा हुनेछ ।

 

By:

2 months ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News