अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एफबीआइका निर्देशक जेम्स कोमी बर्खास्त

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एफबीआइका निर्देशक जेम्स कोमी बर्खास्त

२७ बैशाख
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो (एफबीआइ)का निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले पूर्व विदेशमन्त्री एवं राष्ट्रपतीय चुनावमा आफ्नी प्रतिस्पर्धी हिलारी क्लिन्टनको ईमेल छानबिनको मुद्दामा गल्ती गरेको भन्दै कोमीलाई पदबाट बर्खास्त गर्नुभएको हो ।

चार वर्षअघि नियुक्त भएका कोमीको कार्यकाल अझै ६ वर्ष बाँकी थियो । कोमीले क्लिन्टन ईमेल प्रकरणबारे अमेरिकी कंग्रेस समक्ष गलत सूचना दिएको खबर बाहिर आएको थियो । एफबीआइले कोमीको नेतृत्वमा ट्रम्पको चुनावी अभियान र रुससँगको साँठगाँठबारे लागेका आरोपमाथि अनुसन्धान गरिरहेको थियो ।

 

By:

2 weeks ago | अन्तराष्ट्रिय

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News