श्रावण-१२-२०७४

बर्दियाका किसान मकैखेती तर्फ आकर्षित

दीपक श्रेष्ठ २६ बैशाख, बर्दिया ।

बर्दियाका किसान पछिल्लो समय मकैखेती तर्फ आकर्षित भएका छन् । गहुँ, मसुरो खेती गर्दै आएका किसान राम्रो उत्पादनको साथ साथै आम्दानी समेत राम्रो हुनथाले पछि मकै खेती गर्न थालेका हुन् । परम्परागत रुपमा बर्षै मकै खेती मात्रै गर्दै आएका किसानको खेतमा अहिले व्यवसायीक मकैखेतीले खेतनै हराभरा देखिएको छ । आर्थिक बर्ष २०७०÷७१ मा ७२ सय हेक्टर क्षेत्रफल जमीनमा किसानले मकै खेती गर्दै आएका किसानले हाल हिउँदे,बर्षै तथा बसन्ते गरी जम्मा ९ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको जिल्ला कृषि बिकाश कार्यालयको तथ्याङ्घ छ ।

 

बर्दियामा उन्नत जातमा अरुण २,रामपुर कम्पोजीट र हाइब्रीडमा सुपर ९०० एमगोल्ड, राजकुमार, पायोनिर३५२२, अर्लि २, आदित्य २२९, बिस्को ९४० लगायतका जातका मकै किसानहरुले लगाउने गरेको जिल्ला कृषि बिकाश कार्यालय बर्दियाले जनाएको छ । मकैको जात अनुसार उत्पादकत्वमा पनि वृद्धी हुदै गएपछि किसान गहु मसुरी खेती छोडेर मकैखेतीमा आकर्षित भएका हुन् । गुलरिया नगरपालिकाको मोहम्मद पुर क्षेत्रलाई मकैको पकेट क्षेत्रकोरुपमा गर्दै आएकोमा हाल मधुवन नगरपालिका र राजापुर नगरपालिकामा बिस्तागर्दै लगेको जिल्ला कृषि बिकाश कार्यालयका बरिष्ठ कृषि बिकाश अधिकृत पर्शुराम रावत वताउछन् । किसानले प्रती बिगाहामा ८० क्विन्टल सम्म मकै फलाएको रावतको दावी छ ।

 

सतही सिँचाई भएमा जिल्लाले मकैखेतीमा फड्को मार्नै रावतको ठहर रहेको छ । गत आर्थिक बर्षमा ८ हजार ६ सय हेक्टर क्षेत्रफल जमीनमा २५ हजार १सय मेट्रिक टन मकै उत्पादन भएकोमा यस आर्थिक बर्षमा ९ हजार हेक्टर भन्दा बढि क्षेत्रफलमा २८ हजार ३ सय २५ मेट्रिक टन उत्पादन हुनेअनुमान छ । उत्पादित मकैमध्य केहि पोलेर खानको लागि जिल्लामानै बिक्री हुने गरेको छ भने बाँकी दानाका लागि संकलन भई जिल्ला बाहिर जाने गरेको किसान वताउछन् ।

 

यस अघि धान, गहुँ,मसुरो खेती गर्दैआएका किसान मकैमा राम्रो फाईदा हुने भएपछि मकैखेती गर्न थालेको वताउछन् । सरकारले सिँचाईको राम्रो व्यवस्था गरिदिएमा मकैखेतीका लागी किसानको मनोवल बढ्नुको साथै जिल्लानै मकैखर्तका लागी अगाडी बढ्ने वताउछन गुलरिया नगरपालिका —११ मोहम्मद पुरका किसान साईनवाज गद्दि । किसानको मकै खेतीमा आकर्षण बढे संगैबर्दियामा मकै खेतीको क्षेत्रफल समेत हरेक बर्ष बिस्तार भईरहेको छ ।

 

कृषिका लागि राम्रो सम्भावना रहेको बर्दियामा सरकारले सतही सिँचाईका लागि उचित प्रवन्ध गर्न सकेको छैन भने समयमा मल समेत नपाउदा मर्कामा पर्नै गरेको किसानको गुनासो छ । मकैमा धरै पटक सिँचाई गर्नुपर्नै हुनाले जेनेरेटरको माध्यमले सिँचाई गर्दा समस्या भएको वताउछन् मोहम्मद पुरका किसान जोहर अलि ।

By: शशी शेखर घिमिरे

2 months ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News