राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो

  • राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो

कठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गतको खेलमा राइजिङ पुणे सुरपुजाइन्ट्स विजयी भएको छ ।

बुधबार राति इडेन गार्डेनमा भएको खेलमा पुणेले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो ।

कोलकाताले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य पुणेले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो ।

पुणेको जितमा राहुल त्रिपाठीले ९३ रन बनाए । यस्तै बेन स्टोक्सले १४ तथा अजिन्क्या राहनेले ११ रन बनाए ।

क्रिस वोक्सले ३ विकेट लिएपनि कोलकातालाई जिताउन भने सकेनन् । घरेलु मैदान इडन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएयो ।

कोलकाताका लागि मनिष पाण्डेले ३७ र कोलिन डी ग्रान्डोम्मेले ३६ रन बनाएका बनाए ।

जितसँगै पुने अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट १४ अंक भएको छ । दोस्रो स्थानको कोलकाताको पनि ११ खेलबाट १४ अंक नै छ ।

 

By: रामचन्द्र अर्याल

3 weeks ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News