श्रावण-१२-२०७४

अत्तरीया कप प्रतियोगिताको खेल तालिका सार्वजनिक

  • अत्तरीया कप प्रतियोगिताको खेल तालिका सार्वजनिक

पाण्डव पुजारा १८ वैशाख, कैलाली ।

आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन । सोमवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले खेल तालिका समेत सार्वजनिजक गरेको छ । कैलालीको अत्तरीयामा हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

 

अत्तरीया युनाईटेड स्पोर्टस क्लवको आयोजनामा जेठ २१ गतेदेखि हुने महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानगर लगाउने लगायतका थोरै काम गर्न वाकी रहेको आयोजक क्लवका अध्यक्ष रवि खनालले जानकारी दिए । महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराहीका प्रतियोगिता गर्न लागिएको हो । अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको मसुख्य प्रायोजक रुस्लान हुने भएको छ । त्यस्तै विभिन्न निकायहरुले प्रतियोगितालाई सफल पार्नका लागि साथ दिएको आयोजकको भनाई छ ।

 

प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरी खेल तालिका पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह वी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन । वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन ।

 

उद्घाटन र समापनको दिनमा वाहेक अन्य दिनमा दुई वटा खेल हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ए समुहको विजेताले वी समुहको उपविजेता तथा वी समुहको विजेताले ए को उपविजेतासग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक क्लवका उपाध्यक्ष सरोज भट्टले वताए ।

 

करिव २५ लाख रुपैयाँ खर्च हुने टि २० को विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन ।

By: शशी शेखर घिमिरे

2 months ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News