श्रावण-७-२०७४

जाजरकोटमा यातायात नचल्दा यात्रु मारमा

सरस्वती गिरी ८ बैशाख जाजरकोट । जाजरकोटको यातायात सेवा अनिश्चितकालीन बन्द भएको छ । गत फाल्गुनमा बस दुर्घटनाका पिडित परिवारले क्षतिपुर्ति र उपचारको उचित ब्यबस्था नभएको भन्दै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले जाजरकोट आवत जावत गर्ने एक मात्र छिन्चु जाजरकोटको यातायात सेवा पूर्ण रुपमा बन्द भएको छ ।

 

बन्दका कारण यात्रहरु उक्त सडक खण्डको ठाउ ठाउँमा अलपत्र परेका छन । बन्दले सास्ती खेप्नु परेको यात्रुले बताउने गरेका छन जाजकोटदेखि काठमान्डौ, नेपालगन्ज जाने यात्रु सहित बिरमीहरु समेत मर्कामा परेका छन । पिडित परिवारले भने राहत र क्षतिपुर्तिको ब्यबस्था नभएसम्म यातायात चल्न नदिने बताएका छन । गत फाल्गुनमा भएको बस दुर्घटनमा परी २७ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन । पडित परिवारले मृतकका आफन्तले क्षतिपुर्ती नपाएको र घाइतेको उपचार हुन नसकेको गुनासो गरेका छन ।

By: शशी शेखर घिमिरे

3 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!