आषाढ़-१५-२०७४

मौसम परिवर्तन भएसंगै सिन्धुली अस्पतालमा बिरामीको चाप बढ्दै

  • मौसम परिवर्तन भएसंगै सिन्धुली अस्पतालमा बिरामीको चाप बढ्दै

८ बैशाख ,सिन्धुली । मौषममा आएको परिवर्तनसंगै सिन्धुली अस्पतालमा विमारीको चाप बढेको छ । पछिल्लो एक महिनादेखि अस्पतालमा विमारीको चाप बढेको अस्पतालले जनाएको हो ।अस्पतालमा ज्वोरो, रुघाखोकी, झाडापखला, निमोनिया, टण्सील जस्ता रोगका विमारीको संख्या बढेको अस्पतालका डाक्टर सुधांसु झाले बताउनुभयो ।

गर्मी बढेपछि जिल्लामा यस्ता विमारीहरुको संख्या पनि बढ्दै गएको हो । धेरै जसो बालबालिका र वृद्ध वृद्धामा यस्तो समस्या देखिने गरेको छ । उनिहरुलाई अस्पतालमै भर्ना गराएर उपचार गर्ने गरिएको छ । ज्वोरो र झाडापाखला भाइरलका रुपमा बढ्दै गएपछि उनिहरुलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।एक महिना अघिसम्म दैनिक ३० देखि ५० जनासम्म विमारी उपचारका लागि सिन्धुली अस्पता आउँने गरेकोमा पछिल्लो समय दैनिक एक सय देखि २ सय ४० जनासम्म अस्पता आउँने गरेको अस्पतालले जानकारी दिएको छ ।

By:

2 months ago | स्वास्थ्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News