आषाढ़-१५-२०७४

बाजुराको कवर्ड हल सौचालयमा परिणत

  • बाजुराको कवर्ड हल सौचालयमा परिणत

८ बैशाख ,बाजुरा । मदन वि.क । बाजुराको सदरमुकाम मार्तडीमा बहुउद्देश्यीय कवर्ड हल सिलान्यास भएको एक वर्ष पुरा भईसक्दा पनि निर्माण पुरा हुन सकेको छैन् । पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले २०७३ बैशाख ११ गते कवर्डहलको सिलान्यास गरेका थिए । तर हालसम्म कवर्डहल निर्माणका लागि कसैले चासो नदेखाएको खेलाडीको गुनासो  छ । 

जिल्लाको सम्पूर्ण खेल जगतको विकासका लागि तीन क्षेत्रमा आर्थिक वर्ष २०७२÷०७३ का लागि सदरमुकाम मार्तडीमा बहुउद्देश्यीय कवर्डहल निर्माण गर्न ५० लाख छुट्याएको थियो । जसको जिल्ला समन्वय समिति बाजुराले टेन्डर आह्वान गर्दा कवर्डहल निर्माणको ठेक्का ठेकेदार अर्जुन थापालाई दिएको थियो । कवर्डहल निर्माणको ठेक्का पाएका अर्जुन थापाले आफूले स्टेमेट अनुसारको काम गरिसकेको पनि स्थानीयले आफुलाई सहजै काम गर्न नदिएको आरोप लगाएका छन् । जिल्ला खेलकुद विकास समितिको २ हजार ८ सय १५ वर्ग मिटर जग्गामा निर्माण हुन लागेको कवर्डहल निर्माणका लागि झण्डै १ करोड ९५ लाखको लागत लाग्ने प्राविधिकहरुले ईष्टमेट गरेका छन् । तर पहिलो पटक छुट्याएको ५० लाख रकमले कवर्डहल निर्माणको २० प्रतिशत पनि काम पनि भएको छैन । कवर्डहलका लागि पील्लर मात्र गाडिएका छन् ।  

 

कवर्डहलको मैदानकोे केही भाग कव्जा गरी स्थानीयले घर र शौचालय बनाएका छन् । तर कवर्डहल निर्माण गर्न भनेर मैदानमा डोजर लगाइए पछि जग्गाभित्र रहेका कतिपय शौचालयका सेप्टी ट्यांकीहरु फुटेर खेलकुद मैदान दुर्गन्धित बनेको हो। खेल मैदानको अभावमा यतिवेला जिल्लामा हुने खेलकुद सम्वन्धि सवै कार्यक्रमका लागि  सामुदायिक विद्यालयका मैदानहरु भाडामा लिनुपर्ने आवस्था छ । त्यसैले खेलकुद मन्त्रालय, जिल्ला समन्वय  समिति र सभाषदहरुको निर्वाचन क्षेत्र विकास कोषको रकमबाट कवर्डहलको पुर्ण निर्माण गर्न सकिने जिल्ला खेलकुद विकास समिति बाजुराको अपेक्षा छ । 

By:

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!