बैसाख-१६-२०७४

धनगढी उपमहानगरपालिकाको मेयर पदका लागी गोपाल हमालको स्वतन्त्र उम्मेद्वारि घोषणा

  • धनगढी उपमहानगरपालिकाको मेयर पदका लागी गोपाल हमालको स्वतन्त्र उम्मेद्वारि घोषणा

८ बैशाख ,धनगडी ।पाण्डव पुजारा । नेपाल उद्योग बाणिज्य संघका सदस्य गोपाल हमालले धनगढी उपहानगरपालिकाको मेयर पदका लागी स्वतन्त्र उम्मेदवार घोषणा गरेका छन् । 

उहाले शुक्रवार धनगढीमा उम्मेदवार घोषण सभाको आयोजना गर्दै उमेदारको घोषणा गरेका हुन् ।धनगढीको समग्र विकासका लागी मेयरको उम्मेदवारी रहेको हमालले बताएका छन् ।  उद्योग वाणिज्य संघमा ३ वर्ष काम गर्दा सुदुरपश्चिमको विकासमा काम गरेको बताउदै उनले अबको ५ बर्षको समय धनगढी उपमहानगरपालिकाको विकासमा खर्च गर्न मेयरको उमेदारी दिएको बताएका छन् ।७ नम्बर प्रदेशका प्रदेशीक राजधानि धनगढीलाई बनाउनु पर्ने भएकाले पनि धनगढीको विकास तथा पुर्वाधारमा सुधार आवश्यक भएको हमालले बताए । ५ बर्षमा धनगढीलाई समुन्नत सहर बनाउनका लागि मेयरको घोषणा गरेको हमालले बताएका छन् । १० बर्षमा सुदुर पश्चिमलाई समुन्नत बनाउने योजना आफुसंग भएको बताउँदै हमालले नगरको विकास प्रति चासो भएकाले सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

By:

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News