आषाढ़-१५-२०७४

दार्चुला महाकालीनदी बाढी पिडीत अलपत्र

  • दार्चुला महाकालीनदी बाढी पिडीत अलपत्र

८ बैशाख ,दार्चुला ।बासुदेव बडु ।२०७० सालअसार २ गते महाकाली नदीमा आएको बाढीले भएको क्षतिको स्थानियबाढी पिडितहरुलाई क्षतिपुर्ति तथा पुनस्थापनाका लागि आर्थिक सहायता उपलब्ध गराउने भनिए पनि हाल सम्म पाउन सकेका छैनन् ।

मन्त्रि परिषदको २०७१ सालजेठ ०८ गतेको निर्णय अहिले सम्म कार्यान्वयन भएको छैन । दार्चुला सदरमुकाम खलंगाबाट कतिपय बाढीपिडितहरु विस्थापित भइसकेका छन् भने कतिपय बाडी पिडित बाढी आएको ४ वर्ष वितिसक्दा पनि स्थनियको जमिन भाडामा लिई अस्यायी टहरामा बसोबास गर्न बाध्य रहेको छन् । स्थानिय बाढीपिडित देव सिहकार्की र नैन सिहकुवरको महाकालीनदी बाढीले भएको क्षतिकै कारण २०७० सालमै हृदयधातकाकारण मृत्यु भएको थियो । महाकाली नदीमा आएको बाढीले व्यक्तिगत मानसमानको क्षतिभएको भनि ३५३ जनाले क्षतिपुर्तिको मागगर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदनदर्ता गराएका थिएभने जिल्ला प्रशासन कार्यालय दार्चुलाको अभिलेख अनुसार रु १९४८०७७६४ बराबरको क्षतिभएको दखिएको छ भने पुर्ण क्षति र उच्चजोखिममा रहेको जग्गाको क्षेत्रफल ९५८ रोपनी १३ आना २ पैसा २ दाम रहेको छ ।


नेपाल सरकार मैत्रिपरिषदको २०७१/०२/०८ गतेको बैठकको परिमार्जित निर्णय गृहमन्त्रालय च.नं. ५९७ को पत्रमार्फत नेपाल सरकार अर्थ मन्त्रालयलाई पठाएको र नेपाल सरकरा अर्थ मन्त्रालयले २०७१/०८/०९ गते को च.नं. २५२ को पत्रअनुसार राष्ट्रिय बाणिज्य बैक रामशाहपथ काठमाण्डौलाई महाकाली बाढीपिडितका सम्बन्धमा नेपाल सरकारको मन्त्रि परिषदको निर्णय कार्यान्वयनकालागिआदेश अनुसार पठाएको पत्र बाट देखिन्छ । राष्ट्रिय बाणिज्य बैङ्क शाखा दार्चुलाका प्रवन्धक कौशल वि.क. काअनुसार महाकाली बाढि पिडीतका लागि राहत पुनस्थापनाकालागि बाणिज्य बैङ्कको रामशाहपथ काठमाण्डौ बाट कुनै नै प्रत्राचार नभएको र सो सम्बन्धमा सोधपुछ गर्दा बजेट नभएको भनि जानकारी भएको भनि जानकारी प्राप्त भएकोले दार्चुलाका महाकाली बाढी पिडितलाई बैङ्कमार्फत कुनै प्रकारको सहायता दिन नसकिएको जानकारी दिएका छन् । महाकालीनदिमा बाढी आएको ४ वर्ष वितिसक्दा समेत सरकारको तर्फबाट पुर्नस्थापना तथा राहत उपलब्ध गराउने भनीभएको निर्णय समेत कार्यान्वयन नहुदा स्थानिय बाढी पिडित रधुविर सिह विष्टले स्थानियतहको निर्वाचनमा कुनै राजनितीक दलले धोषणा पत्रमार्फत सम्बोधन गर्छन् भनेर झिनो आशा रहेको बताएका छन् ।


महाकालीनदी बाढी पिडित संघर्ष समितीका सचिव रधुविर सिह विष्टका अनुसार; 
२०७०/०४/१८ गते मन्त्रिपरिषदका खिलराज  रेग्मी  लगायत मन्त्रिहरुलाई
२०७०/०४/१९ गते शहरी  विकास मन्त्रि छविराज पन्त
२०७०/०४/२९ गते ने.क.पा. – माओवादीका नेत्रविक्रमचन्द
२०७०/०४/३० गते ने.क.पा. एमालेका के.पि. शर्मा ओलि
२०७०/०४/३१ गते ने.क.पा. काँगेसका शुशिल कोइराला
२०७०/०४/३२ गते बाबुराम भट्टराई
२०७०/०५/०२ गते शेर बहादुर देउबा
२०७०/०५/०४ गते ने.क.पा. एमालेका झलनाथ खनाल
२०७०/०५/०६ गते ने.क.पा. एमालेका माधव नेपाल
२०७०/०५ महिना ८ गते ने.क.पा. माओबादीका पुष्पकमल दाहाल (प्रचण्ड)
२०७०/०५/०९ गते सुदुर पश्चिमाञ्चल समाज काठमाण्डौ
२०७०/०५/ ११ गते उच्च स्तरिय राजनैतिक संयन्त्र (प्रमुखदलका नेताहरु र संयोजक सुशिल कोइराला)
२०७०/०५/१९ गते राष्ट्रपति रामवरण यादव लोकेन्द्र चन्द , लेखराज भट्ट, सुरज बैध, र उधोग वाणिज्य संघका केन्द्रिय अध्यक्ष भाष्कर राज राजकणिकारलाई महाकालीनदी बाढीपिडित संघर्श समितिले काठमाण्डौमा भेटगरि दार्चुलाको महाकालीनदी बाढीले भएको क्षतिको सम्बन्धमा जानकारी गराएको तथा क्षतिपुर्तिको माग गरेको र सबै नेताहरुबाट क्षतिपुतिको आश्वासन पाएको तर कार्यान्वयन तथा कार्यान्वयन गर्न पहलन भएको गुनासो गरेका छन् ।

 

By:

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!